अमेरिकाको ओहायोमा प्रथम राज्य स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने

घण्टेश्वर अनलाईन, टेक्सास
अमेरिकाको ओहायो राज्यमा यहि अक्टुवर २३ देखि २४ गते सम्म प्रथम राज्य स्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । Intra National Welfare Foundation Columbus  Ohio को आयोजनामा लागेको उक्त प्रतियोगितामा बिभिन्न राज्यका ३२ भलिवल टीमले सहभागिता जनाउने बताईएको छ ।
प्रतियोगितामा सबै नेपाली मूलका भलिवल टीमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टीमलाई ७ हजार ५ सय डलर, दोश्रो स्थान प्राप्त गर्ने टीमलाई ५ हजार डलर र तेश्रो स्थान प्राप्त गर्ने टीमलाई २ हजार ५ सय डलर नगद र टर्फि प्रदान गर्ने आयोजकले जनाएका छन ।
उक्त प्रतियोगितामा अमेरिकाको टेक्सास राज्यबाट सुदूर तथा मध्यपश्चिम सुपर भलिवल टीम सहित ३ वटा भलिवल टीमले सँस्थागत सहभागिता जनाउने भएका छन । उक्त प्रतियोगिताको लागि टीम कैप्टन रमेश बोहोराको नेतृत्वमा १४ जनाको सुदूर तथा मध्यपश्चिम सुपर भलिवल टीमको टोली आजै ओहायो तर्फ प्रस्थान गरेको टीमका सँयोजक भैरव शाहीले जानकारी दिनु भयो । भलिवल टीमसँगै सतिष ओझा र नवराज नाथले सँस्थागत प्रतिनिधित्व जनाउने छन ।

टेक्सासबाट सहभागि हुने सुदूर तथा मध्यपश्चिम सुपर भलिवल टीमलाई बिभिन्न नेपाली ब्यवसायी तथा ब्यक्तिहरुले सहयोग उपलब्ध गराएर हौसला प्रदान गरेका छन । टीम सँयोजक भैरव शाहीका अनुसार /  Nanglo Indian, Nepalese Restaurant & Bar 3001 TX–121 #274, Euless, TX 76039,   Bhakta B=B= For Humanity Dallas, Tx,  Kunwar Inc= Forth Worth TX,  Avant Business Solution Dallas, TX,  RE MAX Select Home Richardson,TX,  Curry Leaf Restaurant & Bar, Irving 1800 Valley View Ln #104, Irving, TX 75061, एकल केसी, सौरभ देवकोटा, दत्त धमला, पुष्प उपाध्याय, दान सावद, गगन केसी, कर्ण बोगटी, लोकेन्दं्र देउवा, ललित चन्द,  खेम पनेरु र टोपेन्द्र शाह लगायत रहनु भएको छ ।
सहयोगीहरूलाई संस्थाका अध्यक्ष प्रेम शाही र खेलाडि संयोजकहरू भैरव शाही र गोविन्द शाहीले संस्था र खेलाडीको तर्फबाट धन्यवाद दिनु भएको छ भने भलिबल प्रतियोगिता आयोजक Intra National Welfare Foundation लाई सुदूरपश्चिम नेपाली समाजको तर्कबाट शुभकामना दिनुभएको छ।

यस अघि खेलकुदको माध्यमबाट अमेरिकामा रहेका नेपालीहरु बिचमा एक आपसमा एकता र भातृत्वको भावना बिकास गर्नका सहयोग गर्ने उद्देश्यले सुदूरपश्चिम नेपाली समाज टेक्सासले गत मार्च महिनाको २७ र २८ गतेसम्म पहिलो पटक राज्य स्तरीय भलिवल प्रतियोगिता आयोजना गरेको थियो । बिभिन्न राज्यका १८ वटा नेपाली भलिवल टीमको सहभागिता रहेको उक्त प्रतियोगितामा न्यूयोर्क टीम प्रथम, ओहायो टीम दोश्रो र आयोजक टीमले तेश्रो स्थान हासिल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.