घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाल अमेरिका पत्रकार सँघ (नेजा) को आठौं अधिबेशन तथा १६ औं साधारण सभा टेक्सास राज्यको ह्युस्टन शहरमा हुने भएको छ ।
सँघको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले सँघको आठौं अधिबेशन तथा १६ औं साधारण सभा आगामी मे २० र २१ तारेखमा टेक्सास शहरको ह्युस्टन शहरमा गर्ने निर्णय गरेको महासचिब सुरज भण्डारीले जानकारी दिनु भयो ।
महासचिब भण्डारीका अनुसार सँघको आठौं अधिबेशनले आगामी दुई बर्षका लागि बिभिन्न नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
यसै सन्दर्भमा सँघले आठौं अधिबेशन तथा १६ औं साधारण सभा आयोजना गर्ने सन्दर्भमा शनिबार प्रस्तावित टेक्सासको ह्युस्टन शहरका नेपाली समुदायसँग छलफल तथा अन्तरकृया गरेको छ ।
नेपाली समुदायको बाक्लो बसोवास रहेको ह्युस्टन शहरका नेपाली समुदायका प्रतिनिधि एवं अगुवाहरुसँग भएको प्रारम्भिक छलफलमा नेजाको आठौं अधिबेशन तथा १६ औं साधारण सभा सम्पन्न गर्नको लागि उत्साहपूर्ण प्रतिबद्धता ब्यक्त भएको सँघले जनाएको छ ।
सँघका अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षता तथा महासचिब सुरज भण्डारीको सन्चालनमा सम्पन्न उक्त अन्तरकृया कार्यक्रममा नेपलिज एशोसिएशन अफ ह्युस्टनका अध्यक्ष रविन श्रेष्ठ, संस्थापक अध्यक्ष डा. राजेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष डा. बिष्णु नेपाल, उपाध्यक्ष दोर्ण गौंतम, ग्रेटर ह्युष्टन नेपाली च्याम्बर अफ कमर्शका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ, पर्यटनदुत जगदीश काफ्ले, एनआरएनए टेक्सस च्याप्टर उपाध्यक्ष गंगा शर्मा, गुल्मी समाज ह्युष्टनका अध्यक्ष लक्ष्मण भण्डारी, उपाध्यक्ष रामकृष्ण सापकोटा, नेपलिज हेरिटेज युनियनका सचिव झंक कुँवर, अन्तराष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टनका अध्यक्ष सतिश त्रिपाठी, व्यवसायी बच्चा तिवारी, बाबुराम ज्ञवाली लगायतका बक्ताहरुले नेजाको अधिबेशन र नेपाली समुदायको भूमिकाको वारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
संघका क्षेत्रीय संयोजक सुजन पण्डितको संयोजनमा भएको सो कार्यक्रममा संघका मानार्थ सदस्य तारा बराल, महासचिव सुरज भण्डारी, कार्यसमिति सदस्य तथा प्रकाशन उपसमितिका संयोजक बाबुराम दाहाल, पूर्व कोषाध्यक्ष बिटु केसी, पत्रकार विनय देवकोटाले अमेरिकामा नेपाली पत्रकारिताको अवस्था, नेपाल अमेरिका पत्रकार सँघको आठौं अधिबेशनको सन्दर्भमा गर्नु पर्ने तयारी र नेपाली समुदायको भूमिका, सँघद्वारा प्रकाशन गर्न लागिएको प्रयास स्मारिकाको वारेमा बोल्नु भएको सँघले जनाएको छ ।
सन २००७ मा स्थापना भएको नेपाल अमेरिका पत्रकार सँघ(नेजा) को चौथो अधिबेशन सन २०१४ मा टेक्सास राज्यको ह्युस्टन शहरमा सम्पन्न भएको थियो । नेपाल अमेरिका पत्रकार सँघ(नेजा) अमेरिकाको बिभिन्न राज्यमा पत्रकारिता पेशामा रहेका नेपाली पत्रकारहरुको साझा सँस्था हो ।
