आत्मदाह गरि निधन भएका आचार्यका परिवारलाई एचडिएनपी ईन्टरनेशनलद्वारा आर्थिक सहयोग

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका ईलामका प्रेमप्रसाद आचार्यको परिवारलाई अमेरिकाको टेक्सास स्थित एचडिएनपी ईन्टरनेशनलले १ लाख १ हजार १ सय ५१ आर्थिक सहयोग गर्ने भएको छ ।
आर्थिक कारणबाट आत्मदाहको प्रयासगरि उपचारका क्रममा निधन भएको समाचार प्रकाशित भएपछि सँस्थामा आबद्ध सदस्यहरुले आर्थिक सँकलन गरि आचार्यका परिवारलाई उक्त रकम सहयोग गर्न लागिएको सँस्थाका प्रमुख देबीडेबिट आचार्यले बताउनु भयो ।
विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीतिनियम बाधक बनी आफूले काम गर्न नसकेको र काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेखेका थिए ।
टेक्सासको डालस फोर्टवर्थ क्षेत्रमा बिगत एकदशक अघिदेखि होमलेस (घरवारबिहीन) हरुको क्षेत्रमा कार्यरत हेप्ल फर डेस्पेरेट एण्ड निडी पिपुल ईन्टरनेशनल (एचडिएनपी) द्वारा चाँडै सहयोग रकम आचार्यका परिवारलाई हस्तान्तरण गरिने सो सँस्थाले जनाएको छ ।
एचडिएनपी ईन्टरनेशनल सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै टेक्सास राज्य सरकारवाट पुरुस्कृत नेपाली समुदायले स्थापना गरेको पहिलो सामाजिक सँस्था हो ।

Leave A Reply

Your email address will not be published.