अमेरिकाको टेक्सासका महाशिबरात्री पर्ब धुमधामका साथ मनाईयो

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
यस बर्षको महाशिबरात्री पर्ब अमेरिकाको टेक्सासमा रहेका नेपाली समुदायले धुमधामका साथ मनाएका छन ।
महाशिबरात्री पर्बको दिन आज टेक्सासको ड्यालसमा रहेको पशुपति नाथ तथा बुद्ध मन्दिरमा विहानै देखि श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो ।
पशुपति नाथ तथा बुद्धमन्दिरमा श्रद्धालु भक्तजनहरुले लामबद्ध भएर भगवान शिबको पूजा आराधना गर्नुका साथै मन्दिरको सभाहलमा भजन किर्तन गरेका थिए ।
भक्तजनहरुका अनुसार बिगतका बर्षहरु भन्दा यसबर्ष महाशिबरात्री पर्बमा श्रद्धालु भक्तजनहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
महाशिबरात्री पर्बको अवसरमा नेपाली मन्दिरका अतिरिक्त नेपालीहरुको बसोवास रहेको बस्तीमा नेपालीहरु एकै ठाउँमा जम्मा भएर भजनकिर्तन गरेका थिए । फोर्टवर्थको बर्कसायर समुदायका महिला पुरुष जम्मा भएर भगवान शिबको आराधना तथा भजन किर्तन गरिएको स्थानीय राजु रिजालले बताउनु भयो ।
नेपाली समुदायको बाक्लो बसोवास रहेको अमेरिकाको टेक्सासमा नेपाली समुदायहरुले नेपाली चाडपर्बहरु उल्लासपूर्बक रुपमा मनाउने गर्छन ।

Leave A Reply

Your email address will not be published.