टेक्सासका ह्युस्टन स्थित नेपाली समुदायले मनाए होली पर्ब

घण्टेश्वर अनलाईन
ह्युस्टन, टेक्सास
नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासको ह्युस्टन स्थित नेपाली समुदायले यस बर्षको होली पर्ब बिबिध कार्यक्रमको आयोजना गरि मनाएका छन ।
नेप्लिज हेरिटेज युनियनको आयोजनामा होली कार्यक्रम स्थानीय आर्थोर स्टोरी पार्कमा ह्युस्टनबासी नेपाली समुदायको उल्लेख्य सहभागितामा शनिबार मनाईएको नेप्लिज हेरिटेज युनियन ह्युस्टनका अध्यक्ष कर्ण बोगटीले बताउनु भयो ।
होली पर्बको अवसरमा होली गीत, लोक दोहोरी, देउडा नाच गान तथा होलीको अवसरमा शुभकामना आदान्र प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।
प्रवासमा नेपाली चाडपर्बहरु मनाएर नयाँ पुस्तालाई नेपाली भाषा, कला, सँस्कृति हस्तान्तरण गर्ने उद्देश्य सहित युनियनले स्थापनाकाल देखि नै दशै, तिहार, होली पर्ब, नयाँ बर्ष तथा गौरा पर्ब जस्ता चाडपर्बहरु मनाउदै आएको बोगटीले बताउनु भयो ।
अमेरिकामा अधिकाँशमा काममा ब्यस्त हुने भएकाले चाडपर्बको अघि र पछि सबैको समय अनुकुल मिलाएर नेपाली समुदायले चाड पर्बहरु मनाउने गर्दछन ।

Leave A Reply

Your email address will not be published.