आज अमेरिकामा डेलाइट सेभिङ टाइम अर्थात ११ घण्टाको रात हुने

llc

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
आज राती अर्थात आईतबार बिहानबाट अमेरिकामा डेलाइट सेभिङ टाइम शुरु हुने भएको छ । डेलाइट सेभिङ टाइम शुरु भएपछि ११ घण्टाको रात अर्थात मार्च १२ आईतबार बिहान १ बजेर ५९ मिनेट गएपछि २ बज्नुको सट्टा सिधै ३ बज्नेछ ।
डेलाइट सेभिङ टाइम शुरु भएपछि एक घण्टा समय अगाडि जाने भएकाले मोबाइल, ल्यापटप जस्ता इन्टरनेट कनेक्ट हुने डिभाइसहरुमा समय आफै १ घण्टा फरवार्ड हुनेछ भने माइक्रोवेभ, हातेघडी, भित्तेघडी, ओभन जस्ता चिजहरुमा आफैले घडी एकघण्टा फरवार्ड गर्नुपर्नेछ ।
अमेरिकाले दोस्रो विश्वयुद्धको अधिकांश समयमा डेलाइट सेभिङ टाइमलाई स्थायी राखेको हो । इन्धन बचत गर्न र चीजहरू मानक राख्नको लागि डेलाइट सेभिङ राखिएको थियो ।

Leave A Reply

Your email address will not be published.