घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सासमा आमा बुवा पिकनिक कार्यक्रम आयोजना गरिने भएको छ ।
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका युवाहरुको सकृयतामा आगामी अप्रिल १५ तारेखमा बृद्ध आमा बुवालाई लक्षित गरि पिकनिक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक समितिका जीवन घिमिरेले जानकारी दिनु भयो ।
घिमिरेका अनुसार पिकनिक टेक्सासको कोपेल सिटिको एन्ड ब्राउन पार्कमा अप्रिल १५ शनिबारका दिन दिउसो १२ बजे शुरु हुने छ । पिकनिक कार्यक्रममा बृद्ध आमा बुवाको लागि निःशुल्क भोजन, मनोरन्जन र एक आपसमा चिनजान गफगाफ हुने भएकाले टेक्सासका नेपाली समुदायमा नयाँ कार्यक्रम हुने आयोजक युवाहरुले बताएका छन ।
पछिल्लो समय टेक्सासमा रहेका छोराछोरी भेटघाट गर्न आएका नेपाली आमा बुवाहरुको सँख्या उल्लेख्य रुपमा बढिरहेको छ ।
नेपाली आमा बुवाहरु नयाँ वातावरण तथा बोली भाषाको समस्या, बृद्ध अवस्थामा गफगाफ गर्न साथीसँगी नहुँदा एक्लोपन हुने भएकाले पिकनिक कार्यक्रममा नेपालीपनको अनुभूति हुने आयोजकहरुले दावी गरेका छन ।
यसैबीच पिननिक कार्यक्रममा बृद्ध आमाबुवाहरुलाई सहभागिता गराई दिन आयोजकहरुले नेपाली समुदायमा अनुरोध गरेका छन । पिकनिक कार्यक्रममा सहभागि हुन र आबश्यक जानकारीका लागि जुविन राजभण्डारी(मो नं. ८१७ ६०९ ०८९३ वा जीवन घिमिरे( मो.नं. ८३२ २८८ ०७२७) मा सम्पर्क गर्न सकिने बताईएको छ ।