घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
यस बर्षको ११३ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर नेपाली समाज टेक्सासको महिला बिभागद्वारा मार्च १८ शनिबारका दिन नेपाली महिलाका सवालमा छलफल कार्यक्रमको आयोजना गरिने भएको छ ।
कार्यक्रममा नेपालका पूर्ब प्रतिनिधि सभा सदस्य तथा महिला नेतृ डा. बिन्दा पाण्डे तथा अमेरिकाको टेक्सासलाई कर्मक्षेत्र बनाएर बिभिन्न बिषयगत क्षेत्रमा कार्यरत अगुवा नेपाली महिलाहरु, बिभिन्न नेपाली समुदायका अगुवाहरुको सहभागिता रहने उक्त छलफल कार्यक्रममा अमेरिकामा नेपाली महिलाहरुको बर्तमान अवस्था, सँभावना तथा चुनौतीका बारेमा छलफल गरिने छ ।
कार्यक्रममा प्रमुख अतिथी अमेरिकाको टेक्सास राज्यका हाउस अफ रिप्रजेन्टेटिभ टेरि मिजा र बिशिष्ट अतिथीमा टेक्सासको युलेश सिटिका मेयर लिन्डा मार्टिन रहनु हुने नेपाली समाज टेक्सासका महिला बिभाग प्रमुख गुन्जन भण्डारीले जानकारी दिनु भयो । कार्यक्रम Hearbs Indian Cuisine, Tom Thumb Plaza, 660 Grapevine Hwy, Hurst 76054 Texas मा आयोजना हुने आयोजकले बताएका छन ।
महिला बिभाग प्रमुख भण्डारीका अनुसार टेक्सासमा बिगत लामो समय देखि सूचना प्रबिधि, व्यापार व्यवसाय, बित्तिय क्षेत्र, स्वास्थ्य तथा शिक्षा क्षेत्र, सामाजिक क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका अगुवा महिलाहरु त्था अन्य अतिथीको प्रेरणादायी मन्तब्यबाट सहभागिहरुलाई बिबिध बिषयमा जानकारी हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा अमेरिकाको टेक्सासमा रहेका नेपाली महिलाहरुको बिबिध सवालहरु उजागर भई टेक्सास राज्य सरकार तथा स्थानीय सरकारको प्रतिनिधीहरुको समेत ध्यानाकर्षण हुने प्रमुख भण्डारीले बताउनु भयो ।
कार्यक्रममा ग्लोवल पाठशालाका बिद्यार्थीहरु तथा अन्य कलाकारहरुद्वारा बिशेष साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने कार्यक्रम रहेको नेपाली समाज टेक्सासको महिला बिभागले जनाएको छ । यसै बीच नेपाली समाज टेक्सासको महिला बिभाग प्रमुख गुन्जन भण्डारीले मार्च १८ मा आयोजना हुने कार्यक्रममा सहभागिताको लागि सबै नेपाली समुदायका महिला दिदी बहिनीहरु, सामाजिक अगुवाहरु, पत्रकारहरुलाई अनुरोध गर्नु भएको छ ।
अमेरिकामा अधिकाँश मानिसहरु काममा ब्यस्त रहने भएकाले सबैको अनुकुल समय पारेर बिदाको दिनमा दिवस तथा सार्बजनिक कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ ।