घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
मगर सँघ अमेरिका टेक्सास समितिद्वारा टेक्सासको युलेशमा आयोजना गरिएको भलिवल प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।
टेक्सासका बिभिन्न शहरबाट ११ वटा पुरुष भलिवल खेलाडी टिम र २ वटा महिला भलिवल खेलाडी टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा पुरुष तर्फ सुदूरपश्चिम नेपाली समाज टेक्सास प्रथम भएको थियो ।
यसैगरि उक्त प्रतियोगितामा गोर्खा अस्टिन टिम दोश्रो भएको थियो भने महिलाको दुई वटा टिम पहिलो र दोश्रो भएका थिए ।
प्रतियोगितामा प्रथम हुने पुरुष टिमलाई रु. २ हजार डलर र दोश्रो हुने टिमलाई रु. १ हजार डलर तथा ट्रफि, प्रमाण पत्र प्रदान गरिएको थियो । भने महिला भलिवल टिमलाई पनि पुरुस्कार तथा प्रमाण पत्र प्रदान गरिएको मगर सँघ अमेरिका टेक्सास समितिका अध्यक्ष भुवन आलेमगरले बताउनु भयो ।
भलिवल प्रतियोगिता यस बर्षको चैते दशैं तथा मगर सँघ अमेरिकाको १९ औं स्थापना दिवसको अवसर पारि आयोजना गरिएको मगर सँघले जनाएको छ । प्रतियोगिताको लागि नेपाली समाज टेक्सास लगायत बिभिन्न ब्यक्ति तथा सँस्थाहरुले सहयोग गरेका थिए । कार्यक्रममा युलेश सिटि काउन्सिल सदस्य टिका पौडेल लगायत बिभिन्न सँस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।