Prem

टेक्सासको अस्टिनबासी नेपाली समुदायले नयाँ बर्ष २०८० को अवसरमा बनभोज कार्यक्रम आयोजना गर्ने

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सास राज्यको राजधानी तथा प्रमुख शहर अस्टिन क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायले नेपाली बर्ष २०८० बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएका छन ।
अस्टिनबासी नेपाली समुदायको सँस्था ग्रेटर अस्टिन नेपाली समाजको आयोजनामा अप्रिल महिनाको २३ आईतबारका दिन नेपाली नयाँ बर्षलाई बिभिन्न कार्यक्रमको आयोजना गरि स्वागत गर्ने कार्यक्रम रहेको सँस्थाका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
अध्यक्ष भट्टका अनुसार नेपाली नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम, बिभिन्न साँस्कृतिक कार्यक्रम, बिभिन्न खेलकुद कार्यक्रम तथा बालबालिकाहरुको लागि बिभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गरिने छन ।
स्थानीय OLD SETTLERS PARK मा आयोजना गरिने नयाँ बर्ष कार्यक्रममा निःशुल्क प्रबेश तथा खाना नास्ताको व्यवस्था गरिएको समाजले जनाएको छ ।
प्रवासमा मनाईने नेपाली चाड पर्बले नेपाली समुदायका बिचमा आत्मियता, भातृत्वको भावनाको विकास गरेको अध्यक्ष भट्ट दावी गर्नु हुन्छ ।
नेपाली चाडपर्बको अवसरमा आयोजना गरिने कार्यक्रममा सबै नेपाली समुदाय परिवार सहित जम्मा हुने, शुभकामना आदान प्रदान गर्ने, एक आपसमा परिचय हुने, सुख दुःखका कुरा साटासाट हुने भएकाले नेपाली समुदायले सामुहिक रुपमा बिशेष महत्वका साथ मनाउने गर्दछन ।
अमेरिकाको बिभिन्न शहरमा स्थापना गरिएका नेपाली समुदायका सँस्थाहरुले नेपाली समुदायलाई एकताबद्ध,बनाएको नेपाली समुदायका अगुवाहरु बताउछन ।
अमेरिकामा हरेक मानिसहरु काममा व्यस्त हुने भएकाले नेपाली चाडपर्बहरु तथा अन्य कार्यक्रमहरुलाई सबैको अनुकुल समय पर्ने गरि बिदाको दिनमा आयोजना गरि सार्बजनिक स्थानमा आयोजना गर्ने गरिन्छ ।
नयाँ बर्ष २०८० को अवसरमा आयोजना गरिने कार्यक्रममा उपस्थित भईदिनका लागि अस्टिन तथा आसपासका क्षेत्रमा रहेका नेपाली समुदाय तथा नेपालीभाषीहरुमा ग्रेटर अस्टिन नेपाली समाजले सार्बजनिक रुपमा आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.