बनभोज कार्यक्रममा सहभागिताका लागि नेपाली समुदायलाई चुले निम्तो

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नयाँ बर्ष २०८० को अवसरपारी टेक्सासको अस्टिनमा बसोवास गर्ने नेपाली समुदायले बृहत बनभोज कार्यक्रमको आयोजना गर्ने भएका छन ।
टेक्सासको राजधानी अस्टिन क्षेत्रमा रहेका नेपाली समुदायहरु एकै स्थानमा जम्मा भएर शुभकामना आदान प्रदान गर्ने उद्देश्यले यही अप्रिल २३ आईतबारका दिन बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले जनाएको छ ।
अस्टिनको Old Settlers Park Lakeview Pavilion मा आयोजना हुने बनभोज कार्यक्रम बिहान ११ बजे देखि बेलुकी ६ः३० बजेसम्म सन्चालन हुने समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो । उक्त बनभोज कार्यक्रममा सहभागि भई दिन हुन अस्टिन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई चुले निम्तो पठाईएकाले सपरिवार उपस्थित भईदिन हुन समाजले अनुरोध पनि गरेको छ ।

बनभोज कार्यक्रममा निःशुल्क प्रबेशका साथै स शुल्क स्वादिष्ट मम, चाट, पानीपुरी, सेल रोटी, डोसा, चाऊमिन, खाना थालीको व्यवस्था रहेको छ ।
कार्यक्रममा शुभकामना आदान प्रदान कार्यक्रमका साथै नेपालका चर्चि कलाकार मिलन लामाको बेजोड प्रस्तुती सहित बिविध साँस्कृतिक कार्यक्रम आयोजना गरिने समाजका अध्यक्ष भट्टले बताउनु भयो ।
कार्यक्रममा हाँडी फुटाउने, डोरी तान्ने, म्युजिकल चियर, हाजिरिजवाफ प्रतियोगिता बालबालिकाहरुका लागि  Free Popcorn, Cotton candy and bouncy house   लगायतका कार्यक्रम रहेको समाजले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.