Prem

एचडिएनपी ईन्टरनेशनलले हरेक महिना घरबारविहीनहरुलाई खाना खुवाउनेलाई खाना खुवाउने

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका

नेपाली समुदायका अगुवाहरुद्वारा स्थापित सँस्था एचडिएनपी ईन्टरनेशनलले टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका होमलेस (घरबारविहीन) हरुलाई हरेक महिना खाना बितरण गर्ने भएको छ ।
ड्यालस फोर्टवर्थ क्षेत्रका घरबारविहीनहरुको अवस्था दयनिय रहेकाले उनीहरुलाई रहात पुगोस भनेर हरेक महिना खाना तथा लुगाकपडा बितरण गर्न लागिएको हो । सन २०२३ डिसेम्बर सम्मका कम्तीमा पनि २ हजार जना होमलेश (घरबारविहीन) हरुलाई खाना तथा लुगाकपडा बितरण गर्ने योजना रहेको सो सँस्थाले जनाएको छ ।
बिगतमा हामीले बिशेष अवसर पारेर होमलेस (घरबारविहीन) हरुलाई खाना तथा लुगकपडाहरु बितरण गर्दै आएका थियौं । तर हामीले घरवारबिहिनहरुको आबश्यकता महसुस गरि सन २०२३ को जनवरी देखि हरेक महिना खाना तथा लुगाकपडा बितरण गर्ने प्रयास गरिरहेका छौं–एचडिएनपी ईन्टरनेशनलका प्रमुख देबीडेभिड आचार्यले बताउनु भयो ।
सँस्थाले मौसम अनुसार खानाहरु, फलफुल तथा न्यानो लुगाको रुपमा ब्लाँकेट, सिल्पिङ व्याग, सिरानी, टाउजर, सुईटर सर्ट पाईन्ट टोपीहरु बितरण गर्दै आएको जनाएको छ ।
सन २०२३ को जनवरीदेखि हालसम्म ३ सय ४४ जना घरबारविहीनहरुलाई खाना तथा लुगा वितरण गरिएको छ । गत साता मात्रै फोर्टवर्थ क्षेत्रको ई भिकेरीमा १ सय ५६ जनालाई खाना तथा लुगाकपडा बितरण गरिएको थियो । एचडिएनपी ईन्टरनेशनलले सन २०२३ को डिसेम्बरसम्म घरवारबिहिन ब्यक्तिहरुका लागि ड्यालस फोर्टवर्थ क्षेत्रमा गरिने राहतका कार्यक्रमहरुको तालिका समेत सार्बजनिक गरेको छ ।
आचार्यका अनुसार एचडिएनपी ईन्टरनेशनलसँग घरबारविहीन ब्यक्तिहरुका लागि सन्चालन गरिने राहतका कार्यक्रमको लागि कुनै दातृ निकाय छैनन । सँस्थाले हरेक बर्ष डिसेम्बर महिनामा सँस्थाले गाला कार्यक्रमको आयोजना गर्ने गर्दछ । कार्यक्रममा सहभागि व्यक्तिहरुले व्यक्तिगतरुपमा प्रदान गर्ने डोनेशन रकम नै सँस्थाको आम्दानीको श्रोत हो ।
एचडिएनपी ईन्टरनेशनले सन्चालन गरेका कार्यक्रमहरुबाट घरबारविहीनहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन । एचडिएनपी ईन्टरनेशनल अमेरिकामा मानव सेवामा सकृय नेपालीहरुको पहिलो सँस्था हो । एचडिएनपी ईन्टरनेशनलले सन्चालन गरिरहेको होमलेस (घरबारविहीन) हरुलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रमको उच्च मुल्याँकन गरेर टेक्सास राज्य सरकारले गत बर्ष पुरुस्कृत समेत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.