अमेरिकाको टेक्सासमा आप्रवासी नेपालीहरुबीच फुटवल प्रतियोगिता आयोजना हुने

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सासमा रहेका आप्रवासी नेपालीहरुबीचमा नेपाली न्यु इयर कप(नेपाली नयाँ बर्ष कप ) फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाली समाज टेक्साससँगको सहकार्यमा डिएफडब्ल्यु हिमालयज फुटबल क्लब, टेक्सासद्वारा यही मे महिनाको २० र २१ तारेखमा आठौं फुटवल प्रतियोगिता आयोजना हुन लागेको हो ।
फुटवल प्रतियोगिता क्लब खुला र भेट्रानतर्फ दुई फरक क्याटगोरीमा सन्चालन गरिने छ । अमेरिकामा रहेका आप्रवासी नेपालीहरुबीच भाईचारा र आत्मियता कायम राख्न सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष दिनेश थापाले जानकारी दिनु भयो ।
अध्यक्ष थापाका अनुसार टेक्सासको ओक ग्रोव पार्क सकर कम्प्लेक्स ग्रेपभाईनमा आयोजना हुने प्रतियोगिताका लागि खुलातर्फ १ हजार डलर र ३५ वर्ष माथिको भेट्रानर्फ ८ सय डलर टिमदर्ता शुल्क तोकिएको छ । त्यस्तै प्रतियोगिताको विजेताले खुलातर्फ उपाधिसहित १० हजार र भेट्रानतर्फ ४ हजार डलर प्रदान गरिने क्लबले जनाएको छ ।
मे १३ सम्म टिम दर्ता गरि सक्नु पर्ने र आईतबार युएस खबर पत्रिकाको कार्यालय युलेशबाट टाईसिट बितरण गरिने बताईएको छ । क्लबले बिगत ८ बर्ष देखि आप्रवासी नेपाली समुदाय बीचमा मैत्रिपूर्ण फुलवल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.