Prem

जनसम्पर्क समिति अमेरिकाको अधिबेशन चाँडै हुन्छ ः अध्यक्ष आनन्द बिष्ट

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले बिभिन्न कारणले बिलम्ब हुँदै गएको जनसम्पर्क समिति अमेरिकाको अधिबेशन चाँडै सम्पन्न गरिने बताउनु भएको छ ।
जनसम्पर्क समिति ड्यालसद्वारा सोमबार टेक्सासको युलेशमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा बोल्दै नेता बिष्टले बिभिन्न आन्तरिक तथा बाह््य कारणले अधिबेशन बिलम्ब भयो । अधिबेशन चाँडै सम्पन्न गर्नेगरि आफुले छलफल अघि बढाएको जानकारी दिनु भयो ।
आफु अधिबेशन सम्पन्न गरि नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताउदै नेता बिष्टले त्यसका लागि सहयोग गर्न र अधिबेशन रोक्न प्रयास भए प्रतिबाद गर्न सबैमा आग्रह गर्नु भयो ।
नेपाली काँग्रेसका पूर्ब आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका नेता बिष्टले नेपालको पछिल्लो राजनैतिक घट्नाक्रमको चर्चा गर्दै प्रमुख राजनैतिक दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर हुन थालेका कारण नयाँ पुस्ताले बिकल्प खोज्न थालेको धारणा व्यक्त गर्नु भयो ।
नेता बिष्टले राजनैतिक घट्नाक्रम हेर्दा प्रमुख राजनैतिक दलहरुले आत्म समिक्षा गरि आफुलाई सुधार गर्दै जानुको बिकल्प नभएको र आफुलाई रुपान्तरण नगर्ने हो भने प्राप्त परिवर्तनका उपलब्धीहरु समेत गुम्न सक्ने खतरा देखिएको बताउनु भयो ।
नेपालको लोकतन्त्र, बिकास र समृद्धिमा गैरआवासिय नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको बताउदै बिष्टले नेपाल सरकारले गैरआवासिय नेपालीहरुलाई प्रयोग मात्र गरेको तर अधिकार दिने सवालमा कन्जुस्याई गरेको आरोप लगाउनु भयो ।
गैरआवासिय नेपाली सँघ सम्पूर्ण गैरआवासिय नेपालीहरुको साझा र नेतृत्वदायी सँस्था भएकाले सँघको निर्बाचनमा राजनैतिक दलको छायाँ देखिन नहुने जनसम्पर्क समितिको धारणा रहेको बताउदै सभापति बिष्टले सँघको आसन्न निर्बाचनमा नेतृत्व सर्ब सहमत बनाउन सबैले पहल गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
जनसम्पर्क समिति ड्यालसका सभापति ज्ञानेन्द्र कार्कीको अध्यक्षता तथा दिनेश शर्माको सन्चालनमा सम्पन्न उक्त अन्तरकृया कार्यक्रममा गौतम दाहाल, कृष्ण धारावासी, बिकाु उप्रेती, हरिवोल भण्डारी सुनिल शाह, भानु खरेल लगायतका बक्ताहरुले सम सामयिक बिषयमा आ आफ्नो धारणा ब्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.