घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
नेपाली समुदायका वालवालिकालाई लक्षित गरि टेक्सासको युलेशमा साँस्कृतिक तथा अध्यात्मिक सम्बन्धि एक साता लामो गर्मी शिविर सन्चालन गरिने भएको छ ।
बालबालिकाहरुलाई साँस्कृतिक तथा अध्यात्मिक बिषयमा ज्ञान दिने उद्देश्यले नेपाली समाज टेक्सास, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र र ग्लोवल नेपाली स्कुलद्वारा उक्त शिविर आयोजना गर्न लागिएको हो ।
गर्मी मौसममा बिद्यालय बिदा हुने भएकाले बालबालिकाहरुलाई नेपाली भाषा, सँस्कृति, धार्मिक तथा अध्यात्मिक बिषयमा थप ज्ञान दिन आबश्यक भएकाले गर्मी शिविर आयोजना गर्न लागिएको ग्लोवल नेपाली स्कुलका सँयोजक भोजबहादुर बलायरले जानकारी दिनु भयो ।
सँयोजक बलायरका अनुसार साँस्कृतिक तथा अध्यात्मिक सम्बन्धि गर्मी शिविर आउदो जूलाई महिनाको ३० देखि अगस्ट महिनाको ५ तारेखसम्म युलेश स्थित नयाँ पशुपतिनाथ तथा बुद्ध मन्दिरमा सन्चालन हुनेछ । शिविरमा ५ बर्ष भन्दा माथी उमेर समुहका वालवालिकाहरु सहभागि हुन सक्ने ग्लोवल नेपाली पाठशालाले जनाएको छ ।
शिविरमा अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीले अध्यात्मिक जागरण सम्बन्धि प्रेरक कथाहरु, योगा तथा ध्यान लगायतका बिभिन्न नेपाल चिनाउने धार्मिक, साँस्कृतिक, आध्यात्मिक ज्ञान दिने कार्यक्रम रहेको छ भने अन्य स्वयँसेवकहरुले मनोरन्जन, आपतकालिन चिकित्सा जागरण, साथी बनाउने, आत्मबल बिकास, कलेजको लागि बचत सँकलन जस्ता बिषयमा जानकारी दिने कार्यक्रम तय भएको छ ।
न्यूनतम शुल्कमा सन्चालन हुने उक्त शिविरमा सिमित मात्रामा सिट भएकाले समयमा आफ्ना वालवालिकालाई तल दिएको लिंकमा गएर भर्ना गराउन आयोजकले नेपाली समुदायलाई आग्रह गरेका छन ।
https://docs.google.com/forms/d/e/1FAIpQLSc9IT7DUPyiTnVCzyDrtDyP6Jh1IogAq16EO1lCXj4goM–bg/viewform