नेपाल अमेरिका कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ बर्ष पूरा ः टेक्सासको युलेशमा “उत्सब कार्यक्रम” आयोजना गरिने
घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाल अमेरिका कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ बर्ष पूरा भएको अवसरमा टेक्सासको युलेशमा “उत्सब कार्यक्रम” को आयोजना गरिने भएको छ ।
नेपाली समाज टेक्सासद्वारा उक्त अवसरमा आगामी जून महिनाको २ तारेखका दिन टेक्सासको युलेशमा “उत्सब कार्यक्रम” को आयोजना गर्न लागिएको अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिनु भयो ।
्सन् १९४८ को फ्रेवुअरीमा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको र यो वर्ष यो सम्बन्धको ७५ वर्ष पूरा भएको छ । यस अबधिमा अमेरिका नेपालको प्रमुख बिकास साझेदारको रुपमा स्थापित भएको छ । त्यसैले नेपाल अमेरिका कुटनैतिक सम्बन्धलाई अझ सुदृढ बनाउन आबश्यक छ । यस खुशीयालीमा नेपाली समुदायद्वारा उत्सब कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष वाग्लेले बताउनु भयो ।
उक्त उत्सव कार्यक्रममा यूएसएआईडीको एसिया ब्यूरो प्रशासनका उपनिर्देशक प्रमुख अतिथि र अमेरिकाका लागि नेपाली राजदूत महामहिम श्रीधर खत्रीलगायत अन्य निर्वाचित प्रतिनिधि र समुदायका अगुवाहरुको सहभागिता रहने नेपाली समाज टेक्सासले जनाएको छ ।
नेपाली समाज टेक्सासले उक्त कार्यक्रममा सहभागिताका लागि नेपाली समुदायलाई आह्वान गरेको छ । नेपाली समाज टेक्सासका अनुसार कार्यक्रममा निःशुल्क प्रबेशको व्यवस्था गरिएको छ । उत्सब कार्यक्रममा सहभागितको लागि तलको फारम भर्नु पर्ने छ । फारम पूरा गरिसकेपछि, तपाईंले एक धन्यवाद नोट प्राप्त गर्नुहुनेछ, जसले दर्ता पुष्टि गर्ने समाजले जानकारी दिएको छ ।
(https://docs.google.com/forms/d/e/1FAIpQLSeoKZA6M1Ej44E_cHt_SCUfIGfHvL6lhf5XYC_tIR1ayDVDnw/viewform)