सुदूरपश्चिम नेपाली समाज टेक्सासको वार्षिक साधारण सभा शनिवार हुने

llc

घण्टेश्वर अनलाईन, टेक्सास
अमेरिकाको टेक्सास राज्यमा रहेका सुदूरपश्चिमेलीहरुको साझा सँस्था सुदूरपश्चिम नेपाली समाज टेक्सासको वार्षिक साधारण सभा शनिवार आयोजना हुनेभएको छ ।
अर्भिङको Curry Leaf  रेष्टुरेन्टको सभाकक्षमा आयोजना हुने वार्षिक साधारण सभाको सबै तयारी पूरा भएको समाजका गोविन्द शाहीले जानकारी दिनु भयो ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासको वार्षिक साधारण सभामा विधान सँशोधन, वार्षिक कार्यक्रम तथा आर्थिक प्रतिबेदन प्रस्तुत, नयाँ नेतृत्वको चयन, लगायतका विषयमा छलफल गरिने समाजले जनाएको छ ।
समाजले वार्षिक साधारण सभामा सहभागि हुने प्रतिनिधीहरुलाई मास्क अनिवार्य रुपमा प्रयोग गर्न अनुरोध गर्दै कार्यक्रममा भौतिक दूरी कायम गरि बस्ने व्यवस्था मिलाईएको जनाएको छ ।
समाजले टेक्सासमा रहेका सुदूरपश्चिमबासीलाई समाजमा आबद्ध गराउदै बिभिन्न कार्यक्रम गर्दै आएको छ । समाजका अनुसार सुदूर पश्चिमका ९ वटै जिल्लाका करिब ३ सय बढी परिवार टेक्सास राज्यका बिभिन्न स्थानमा बसोवास गर्दै आएका छन ।

Leave A Reply

Your email address will not be published.