डिभी परेपछि के के कुरामा ध्यान दिने ?

  मधुसुधन रिमाल
अमेरिकी भिसा जानकार

विश्व भरीका लगभग विस वटा देश बाहेक अन्य सबै देशका नागरिकहरुलाई योग्य मानिएको डिभीको भर्खरै नतिजा प्रकाशन गरिएको छ । तपाई अथवा तपाईले चिनेका साथीहरुलाई डिभी परेको होला, यस लेखमा डिभी परेपछि के गर्नुपर्छ भनेर आधिकारिक जानकारी दिने प्रयास गरिने छ ।
डिभी पर्नु भनेको थप प्रकृयाको लागि फर्म भर्न योग्यहुनु मात्र हो, डिभी चिट्ठा पर्दैमा भिसा प्राप्त हुन्छ भन्ने कुनै ग्यारेन्टी हुदैन, त्यसैले आफुले गरिरहेको कामलाई डिभीको भिसा प्राप्त नहुन्जेल निरन्तरता दिई रहनु होला । डिभी भर्दा प्राप्त भएको कन्फरमेशन कोड जहि तहि शेयर नगर्नु होला । प्रत्येक वर्ष गलत नियत भएका व्यक्ति तथा संस्थाहरुले डिभी विजेताहरुलाई विभिन्न प्रकारका आर्थिक तथा मानसिक यातना दिइरहेका छन् त्यसैले समयमा नै सहि निर्णय लिनुहोला।
थप प्रकृयामा जानको लागि डि.एस.२६० भर्नु पर्नेहुन्छ जबसम्म यो फर्म भरिदैन तबसम्म प्रकृया अगाडी बढ्दैन, यहि फर्मको आधारमा अन्तरवार्तामा निर्णय लिइने हुँदा त्रुटी रहित तरिकाले भर्न जरुरी छ । पुर्णरुपमा जानकार हुनुहुन्छ भने आफै भर्नु होला, सहयोग आवश्यक परेमा अनुभवी व्यक्ति तथा संस्थाको सहयोग लिनुहोला । यो फर्म भर्न आवश्यक कागजात तथा जानकारीहरु निम्न अनुसार रहेका छन् ।
पासपोर्ट ः पासपोर्टलाई हालका वर्षमा त्यति महत्व दिएको पाइदैन, केसीसीलाई पासपोर्टको कपी पठाउने नियम खारेज गरिएको छ, कतिपयले डिएस २६० भरि सकेपछि पनि पासपोर्टहरु हराउने, खरावहुने जस्ता समस्या देखिएका छन् यसलाई अन्तरवार्ता सम्ममा प्रदानगर्दा पनि हुन्छ । सम्भव भएमा पासपोर्ट सहित डिएस २६० भर्नुहोला ।
शैक्षिक प्रमाण पत्रहरु ः डिभीको भिसा प्राप्त गर्नको लागि छानिएको वर्ष (अक्टोबर देखि सेप्टेम्बर अन्त्य) भरिमा १० जोड २ अथवा समकक्षता प्राप्त गरेका शैक्षिक कार्यक्रम उतिर्ण गरेको प्रमाणपत्र पेश गर्नु पर्छ । सो तहभन्दा माथिको अध्ययन गर्नुभएको छ भने सम्पुर्ण शैक्षिक योग्यतालाई फर्ममा जानकारी दिनुहोला, कामको आधारमा पनि योग्यहुन सकिन्छ, मान्यता दिईएका कामहरुमा कम्तीमा २ वर्षको अनुभव भएमापनि भिसा प्राप्त गर्न सकिन्छ । साधारण कामभन्दा पनि सुपरभाइजर लेभलको कामलाई मान्यता दिइन्छ ।
तर नक्कली मार्कसिटबाट भिसा प्राप्त गर्ने आस नगर्नुहोस, सानो आसले प्रत्येक वर्ष धेरैको जेलको बास भैरहेको छ ।
पारिवारिक विवरणः यो फर्ममा परिवारका सदस्यहरुको (श्रीमान श्रीमती, बाबुआमा, छोराछोरी) नाम, जन्ममिति, जन्मस्थान तथा हालबसिरहेको स्थानको पनि जानकारी दिनु पर्छ । विवाहित भएमा विवाह मितितथा स्थानको जानकारी, पहिला विबाह भई डिभोर्स भएको, जीवनसाथीको मृत्यु भएको साथै पहिलो विवाहबाट कुनै सन्तान भएमा त्यसको पनि सहि जानकारी राख्नु पर्छ ।

डिभी भर्दा गलत पारिवारिक विवरण दिइएको पाइएमा भिसा खारेजी हुन्छ ।

अमेरिकी ठेगाना तथा सम्पर्क व्यक्तिः आफुले जान चाहेको अमेरिकी ठेगाना तथा सम्पर्क व्यक्तिको नाम तथा फोन नम्वर अनिवार्य उपलब्ध गराउन जरुरी हुन्छ । स्पोन्सरको ठेगाना परिवर्तन भएमा अथवा स्पोन्सर नै परिवर्तन गर्नु परेमा समयम ानै परिवर्तन गर्नु पर्छ ।
गलत ठेगाना भएमा ग्रिनकार्ड लगायतका अन्य सरकारी कागजात हराउन सक्छ ।

कार्य अनुभव ः हाल गरिरहेको कामको संस्थाको नाम तथा ठेगाना साथै पहिला काम गरेको भए उक्त कामहरुको विवरण (कम्पनीको नामतथा पुरा ठेगाना, काम सुरु तथा छोडेको मिति, सुपरभाइजरको नाम तथा कम्पनीको फोन नम्बर) उपलब्ध गराउनु पर्छ ।

डिभी भिसा प्राप्त गर्न १० जोड २ पास भएपछि हुन्छ, काम गरेको भए देखाउनु होला, काम  नभएपनि हुन्छ । गतल कार्य विवरण नराख्नु होला ।

यात्रा तथा बसोवास विवरण ः तपाईले आफु १६ वर्ष पुगेदेखि कुनकुन स्थानमा बस्नु भयो, उक्त स्थानको पु्रा ठेगाना, बस्न सुरु गरेको मितितथा बस्न छोडेको मिति खुलाउनु पर्छ, कुनै स्थानमा १ वर्ष भन्दा बढि बसोबास गरेको भए उक्त देशको पुलिस रिपोर्ट अन्तरवार्तामा बुझाउनु पर्छ समयमानै प्रकृयामा जानु होला ।

सामाजिक संञ्जाल तथा सम्पर्क ठेगाना ः फेसबुक तथा अन्य सामाजिक संञ्जालको लिंक, इमेल ठेगाना सम्पर्क नम्बर, कार्यस्थलको नम्बर आदि अनिवार्य रुपमा राख्न जरुरी छ ।

केसीसीले आवस्यक सुचना दिइएको इमेलमा पठाउने काम गर्छ, त्यसैले आफ्नो इमेल नै राख्नु होला अन्य व्यक्तित था संस्थाको इमेल राख्दा  तपाई ठगिन सक्नुहुन्छ ।

आपराधिक विवरण ः यो भन्दा पहिला तपाइलाई कुनै क्रियाकलापका कारणले गर्दा जेल सजाय भएको थियो भने त्यसको विवरण खुलाउनु पर्छ ।

आर्मी रेकर्ड ः जीवनको कुनै समयमा आर्मिमा काम गरेको भए उक्त कुरा खुलाउनु पर्छ ।

अमेरिकी भिसा आवेदनको जानकारी ः कुनै समयमा अमेरिकी भिसा आबेदन दिई उक्त आवेदन स्वीकृत तथा अस्विकृत जे भएपनि त्यसको पुर्ण जानकारी उपलब्ध गराउनु पर्छ ।

अन्य जानकारीको लागि हामीलाई सम्पर्क गर्नु होला (९७७ ९८५१२०२००६, ह्वाट्सएप)
लेखक ः गो ग्रीन ट्राभल्स् तथा गो ग्रीन ग्लोबल भिषा सर्भिसेस गोगबँु काठमाण्डौका सन्चालक हुन ।

Leave A Reply

Your email address will not be published.