सुदूरपश्चिम नेपाली समाज टेक्सासमा नयाँ नेतृत्व

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
सुदूरपश्चिम नेपाली समाज टेक्सासको वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ । साधारण सभाले समाजको बिधान सँशोधन गर्दै वार्षिक नीति तथा कार्यक्रम, आर्थिक प्रतिबेदन स्वीकृत गरेको समाजले जनाएको छ ।
वार्षिक साधारण सभाबाट निर्बाचित पदाधिकारीहरुमा अध्यक्ष नवराज नाथ, उपाध्यक्ष प्रकाश भट्ट, महासचिब गोबिन्द शाही र खेम पनेरु रहनु भएको छ ।
यसै गरि सदस्यहरुमा क्रमस: गणेश जोशी, अशोक शाही, नवराज भट्ट, भरत शाही, लता सुबेदी, महेश भट्ट, सुरेन्द्र अवस्थी, शँकर थापा, जनक सामन्त रभरत बिष्ट निर्बाचित हुनु भएको निर्बाचन कमिटीका सह सँयोजक जयराज पन्तले जानकारी दिनुभएको छ ।
समाजका अध्यक्ष प्रेम शाहीको अध्यक्षता तथा भरत शाहीको सँचालनमा सम्पन्न उद्घाटन समारोहमा कार्यक्रम प्रगति प्रतिबेदन सचिब गुन्जन भण्डारी, आर्थिक प्रतिबेदन अध्यक्ष प्रेम शाही, बिधान सँशोधन प्रस्ताब उपाध्यक्ष नवराज नाथले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा स्थापनाकाल देखि समाजलाई योगदान पुर्याउने भक्त भण्डारी, प्रमिशा शाही, गगन केसी, भैरव शाही, भोजबहादुर बलायर, प्रकाश भट्ट, गोबिन्द शाही, पुष्करराज पाठक, गुन्जन भण्डारी, दिपेन्द्र शाही, खेम पनेरु, मकर स्वाँर, हरिष उपाध्याय, महेन्द्र कुँवर सतिष ओझालाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
यसै गरि समाजको तर्फबाट बिभिन्न भलिबल प्रतियोगितामा सहभागि रमेश बोहरा, खेम शाही, चन्द्रकान्त उपाध्याय, भरत बिष्ट, ईन्द्र शाही, जनक मल्ल, भरतजँग शाहीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा वोल्दै समाजका नवनिर्बाचित अध्यक्ष नवराज नाथले अमेरिकाको टेक्सास राज्यमा रहेका सुदूर पश्चिमेलीहरुलाई समाजमा आबद्ध गराउदै उनिहरुको सेवामा समर्पित हुने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरु र उनिहरुका वालवालिकाहरुमा सुदूरपश्चिमको भाषा र सँस्कृति लोप हुन लागेकोमा चिन्ता ब्यक्त गर्दै अध्यक्ष नाथले समाजले सुदूरपश्चिमको भाषा सँस्कृतिको सँरक्षण गर्न आबश्यक रहेको बताउनु भयो ।
समाजले आगामी दिनमा बिभिन्न खेलकुद कार्यक्रम, पिकनिक कार्यक्रम, गौरा, होली, देउसी भैलो, वालवालिकाहरुका लागि समेत बिभिन्न कार्यक्रम तथा बिभिन्न सामाजिक कार्यक्रम आयोजना गरिने योजना रहेको अध्यक्ष नाथले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.