नागरिकता बिधेयकको नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा स्वागत

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाली जनसम्पर्क समिति अमेरिकाले राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको नागरिकता बिधेयकको स्वागत गरेको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले बुधबार एक बिज्ञप्ती जारी गरि नेपाल नागरिकता ऐन २०६३ लाई सँशोधन गर्न बनेको ऐन प्रमाणीकरणसँगै विदेशमा रहेका आम नेपालीले उठाउँदै आएको गैर आवासीय नेपाली नागरिकताको अधिकारको सुनिश्चितता भएको बताएका छन ।
नेपाली जनसम्पर्क समितिले एक पटकको नेपाली सधैंको नेपाली हुन भन्ने विषयलाई बिगत लामो समयदेखि उठाउदै आएको स्मरण गर्दै अध्यक्ष बिष्टले ढिलै भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने अधिकार प्राप्त भएको बिज्ञप्ती मार्फत भनेका छन ।
नागरिकता बिधेयक प्रमाणीकरण भैसकेको अवस्थामा तत्काल कार्यान्वयनका लागि आवश्यक प्रकृया थालनी तथा विदेशमा रहेका आफ्ना नेपाली नागरिकलाई मताधिकार दिने बारे सर्वोच्च अदालतले गरेको निर्णय तत्काल कार्यान्वयन गर्दै अधिकारको सुनिश्चितता गर्नका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाले सरकारको ध्यानाकर्षण गराएको छ ।

Leave A Reply

Your email address will not be published.