
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्बाचनको माहोलले नेपाली समुदायमा सरगर्मी बढाएको छ । बिभिन्न समूहहरु चुनावी समिकरण बनाउदै आफ्नो टीम सार्बजनिक गर्न थालेका छन ।
यसै सन्दर्भमा डा. अर्जुन बन्जाडे समूहले भने भोली जून ११ आईतबार ड्यालसको अर्भिङबाट आफ्नो टीम घोषणा गर्ने भएको छ । ड्यालसको अर्भिङ स्थित करि लिफ रेष्टुरेन्टको सभाकक्षमा बेलुकी ६ बजे आयोजना हुने एक औपचारिक कार्यक्रमका बीचमा बन्जाडे समूहले आफ्नो टीम घोषणा गर्न लागेको हो ।
सो समूहले गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अध्यक्षमा डा. अर्जुन बन्जाडे , बरिष्ठ उपाध्यक्ष बिकास उप्रेती र महासचिबमा गोपेन्द्र भट्टराईको नाम यसअघि नै सार्बजनिक गरि सकेको छ । अन्य पदाधिकारी सदस्यको नाम आईतबार नै घोषणा गरिने अध्यक्ष पदका प्रत्यासी डा. बन्जाडेले घण्टेश्वर अनलाईनसँगको कुराकानीमा बताउनु भयो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका पूर्ब बरिष्ठ उपाध्यक्ष तथा अघिल्लो पटकको निर्बाचनमा पनि अध्यक्ष पदमा प्रत्यासी थिए । यस पटकको निर्बाचनमा प्रवासी नेपाली मन्चले डा. अर्जुन बन्जाडे समूहलाई समर्थन औपचारिक घोषणा गरिसकेको छ । डा.बन्जाडेले प्रवासी नेपाली मन्चलाई समेटेर टीम घोषणा गर्ने बुझिएको छ । अघिल्लो पटकको निर्बाचनमा भने प्रवासी नेपाली मन्चले कृष्ण लामिछाने समूहलाई सघाएको थियो । उक्त निर्बाचनमा लामिछाने उप बिजेता बनेका थिए ।
यसैगरि आज दिलु पराजुली समूहले एक औपचारिक कार्यक्रमको घोषणा गरि केन्टुकीबाट आफ्नो टीम घोषणा गरेको छ ।