प्रवासी नेपाली मञ्च अमेरिकाको बार्षिक साधारण सभाको अन्तिम तयारी पूरा

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
केन्टकी राज्यको लेजिंगटन शहरमा आउदो शनिबार उद्घाटन हुने प्रवासी नेपाली मञ्च अमेरिकाको वार्षिक साधारण सभाको तयारी पूरा भएको छ ।
मन्चले आज पत्रकार सम्मेलनको आयोजना गरि सम्मेलनको अन्तिम तयारी पूरा भएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार आउँदो शनिबार नेकपा(एमाले) का महासचिब शँकर पोखरेलले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सो पार्टीका बिदेश बिभाग प्रमुख राजन भट्टराई तथा नेता सुजाता शाक्यपनि बिशिष्ट अतिथीको रुपमा सहभागि हुने मन्चले जनाएको छ ।
सम्मेलनको उद्घाटन समारोहमा करिब २ सय जना सहभागि हुने अनुमान गरिएको छ । अमेरिकाको ५० वटा राज्य मध्ये सँगठन बिस्तार भईसकेका २६ वटा राज्यबाट सँस्थागत रुपमा सहभागिता रहने र अन्य राज्यबाट पनि प्रतिनिधिको रुपमा सहभागि हुन योग्य हुने राष्ट्रिय अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार नेकपा (एमाले) का महासचिब शँकर पोखरेल लगायतका नेताहरुको उपस्थितीमा शुक्रबार केन्टकीमा बृहत सामुदायिक अन्तरकृया कार्यक्रम आयोजना गरि नेपालको बदलिदो राजनैतिक परिस्थितीमा प्रवासी नेपालीको भूमिकाका वारेमा छलफल गरिने छ । साथै शनिबार सम्मेलनको उद्घाटन, बन्द शत्र तथा केन्टकी घोषणा पत्र जारी गरि सम्मेलनको समापन हुने छ ।
पत्रकारहरुको एक जिज्ञासाको जवाफ दिदै प्रवासी नेपाली मन्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापाले गैरआवासीय नेपाली सँघलाई बिशुद्ध सामाजिक सँस्था भएकाले आसन्न निर्बाचनमा आफुहरुले राजनैतिक रुपमा भन्दा योग्य र सक्षम उम्मेदवारको रुपमा देखिएका डा. अर्जुन बन्जाडेको टीमलाई समर्थन गरेको बताउनु भयो ।
प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटीका सचिब थोमस बास्तोलाले सन्चालन गर्नु भएको उक्त पत्रकार सम्मेलनमा प्रवासी नेपाली मन्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापा, सँयोजक प्रभु थापा, राष्ट्रिय कमिटीका अध्यक्ष कृष्ण लामिछाने, बरिष्ठ उपाध्यक्ष गोपाल कँडेल लगायतले पत्रकारहरुले सोधेका बिविध प्रश्नको जवाफ दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.