घण्टेश्वर अनलाईन
कोरिया
सुदूरपश्चिम समाज कोरियाले आज बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । दक्षिण कोरियाका बिभिन्न स्थानमा रहेका सुदूरपश्चिमेलीहरु एकै स्थानमा जम्मा भएर भेटघाट गर्ने, आपसी भातृत्व तथा एकता बढाउने र रमाईलो गर्ने उद्देश्यले बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको समाजका सल्लाहकार दिलबहादुर मडैले जानकारी दिनु भयो ।
बनभोज कार्यक्रम कोरियाको समय अनुसार आज जूलाई २९ तारेख बेलुकी शुरु भई जूलाई ३० तारेख बिहान सम्म सन्चालन हुने छ ।
बनभोज कार्यक्रममा सुदूरपश्चिमका चर्चित डेउडा गायक उमाशँकर जोशी र डेउडा गायिका निरुता खत्री लगायतका बिभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ ।