घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
नेपाली समाज टेक्सासको नयाँ नेतृत्वको लागि शनिबार सम्पन्न निर्बाचनमा १ हजार ५ सय ६४ मत खसेको छ । कुल २ हजार ५ सय १२ मतदाता सदस्य रहेकोमा १ हजार ५ सय ६४ मत खसेको निर्बाचन कमिटीले जनाएको छ ।
नेपाली समाज टेक्सासको नयाँ नेतृत्वको लागि आज भएको निर्बाचनमो लागि बिहान ८ बजे देखि बेलुकी ७ बजेसम्म मतदानको समय तोकिएको थियो । हामीले करिब २ हजारको आसपासमा मतदान हुने अपेक्षा गरेका थियौं । तर मतदाताहरु काममा ब्यस्त भएकाले हुन सक्छ, अपेक्षाकृत मत खस्न सकेन, निर्बाचन कमिटीका सँयोजक बैकुण्ठबिक्रम थापाले बताउनु भयो ।
तर मतदाताहरु भने मतदानमा रुची नभएकाले पनि अपेक्षाकृत मत खस्न नसकेको बताउछन । मतदाताहरुको कार्य ब्यस्तता एउटा कारण त हो तर मतदाताहरुको ईच्छा विपरित जवरजस्ती सदस्य बनाईएकाले पनि अपेक्षा अनुसार मत खस्न नसकेको मतदाताहरुका बीचमा चर्चा चलेको छ ।
मतदान सकिएकोले केही समयपछि मतगणना शुरु गर्ने गरि तयारी भईरहेको निर्बाचन कमिटीले जनाएको छ । मतगणना सम्पन्न गरि आज राती नै मत परिणाम घोषणा गरिने बताईएको छ । नेपाली समाज टेक्सासको नयाँ नेतृत्वको लागि बिभिन्न पदमा राजेन्द्र वाग्ले र कमल सत्याल समूहले छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका छन ।