
घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
नेपाली समाज टेक्सासले सँस्थाको प्रबक्तामा निबर्तमान उपाध्यक्ष किरण पौड्याललाई मनोनित गरेको छ । सँस्थाको कामलाई थप व्यवस्थित गर्न र सहज रुपमा सूचना प्रवाह गर्न नब निर्बाचित कार्य समितिको पहिलो बैठकबाट प्रबक्ता नियुक्त गरिएको अध्यक्ष राजेन्द्र वाग्लेले बताउनु भयो । अध्यक्ष वाग्लेका अनुसार नेपाली समाज टेक्सास स्थापनाको २५ बर्षको ईतिहासमा पहिलो पटक प्रबक्ताको व्यवस्था गरिएको हो ।
यसै गरि सँस्थाको बिधानमा भएको व्यवस्था अनुसार बैठकले नगेन्द्र लिम्बु, कुमार तामाङ र देश शर्मालाई कार्य समिति सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको छ ।
यसैगरि सोही बैठकबाट ग्लोबल नेपाली पाठशालाको प्रिन्सिपलमा डा. भोजबहादुर बलायर, स्कुल कोअर्डिनेटरमा सब्दिता प्याकुरेल, आईटी कोरर्डिनेटर पदम भण्डारी, करियर डेभलेपमेन्ट कोअर्डिनेटरमा श्रृष्टि शर्मालाई मनोनित गरिएको नेपाली समाज टेक्सासले जनाएको छ । मनोनित गरिएका सबै जनालाई नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले पद तथा गोपनियताको पद सपथ गराउनु भएको थियो ।
नेपाली समाज टेक्सासले नेपाली समुदायको बृहत सहभागितामा समुदायमा गर्नु पर्ने कामको सन्दर्भमा सुझाव सँकलन कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष वाग्लेले बताउनु भयो ।