घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
यस बर्षको संविधान दिवस अमेरिका स्थित नेपाली राजदूतावासले नेपाल डे कार्यक्रमको आयोजना गरि मनाएको छ ।
बासिङटन डिसी स्थित राजदूताबास कार्यालयको सभाकक्षमा आयोजना गरिएको नेपाल डे कार्यक्रममा बोल्दै कार्यबहाक राजदूत कुमार खरेलले नेपालको संविधान २०७२ का बिशेषताका वारेमा प्रकाश पार्नु भएको थियो ।
नेपाल डे कार्यक्रममा गैरआवासीय नेपालीहरुको तर्फबाट बोल्दै गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले संविधान दिवसको महत्वको वारेमा चर्चा गर्दै नेपालको संबिधानले व्यवस्था गरे अनुसार ऐन कानून निर्माण गरि गैरआवासीय नेपाली नागरिकतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा नेपाली राजदूताबासका प्रतिनिधिहरु, नेपाली समुदायका बिभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाल डे कार्यक्रमको सन्दर्भ पारेर नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलले टेक्सासको ड्यालसमा तत्काल कन्सुलर शिबिर सन्चालन र ड्यालसमा कन्सुलर अफिस स्थापनाको लागि कार्यबहाक राजदूत कुमार खरेललाई ज्ञापन पत्र बुझाएको थियो ।