सुदूरपश्चिम नेपाली समाज टेक्सासले होली पर्ब बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउने

घण्टेश्वर अनलाईन
टेक्सास
सुदूर पश्चिम नेपाली समाज टेक्सासले यसबर्षको होली पर्ब २०७८ बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ । अमेरिकाको टेक्सास राज्यका बिभिन्न स्थानमा रहेका सुदूरपश्चिमेलीहरु एकै ठाउँमा जम्मा भएर होली पर्ब मनाउन लागिएको समाजका अध्यक्ष नवराज नाथले बताउनु भयो ।
रँगको पर्बको रुपमा मनाईने होली पर्बको अवसरमा  मार्च १९ मा Grapevine  स्थित Oak Grove Park   शुभ कामना आदान प्रदान कार्यक्रम, बिभिन्न खेलकुद कार्यक्रम, डेउडा कार्यक्रम सहित बिभिन्न मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिने  समाजले जनाएको छ । समाजले होली कार्यक्रममा सहभागिताको लागि टेक्सासमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरुलाई अनुरोध गरेको छ ।
होली पर्ब सुदूरपश्चिमका बिभिन्न जिल्लामा बिशेष रुपमा मनाउने गरिन्छ । सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा पनि अछाम, डोटी बैतडी दार्चुला जिल्लाको होली प्रसिद्ध रहेको छ । अमेरिकाको टेक्सास राज्यका बिभिन्न स्थानमा सुदूरपश्चिमका बिभिन्न जिल्लाका मानिसहरुको उल्लेख्य बसोवास रहेको छ । सुदूरपश्चिम नेपाली समाजले सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट टेक्सासमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुकोे तथ्याँक सँकलन गर्ने कार्य शुरु गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.