टेक्सासको अस्टिनमा पनि पशुपतिनाथको मन्दिर निर्माण गरिने

अशोक शाही
अस्टिन, टेक्सास
नेपालीहरुको उल्लेख्य बसोबास रहेको टेक्सास राज्यको अस्टिनमा पशुपतिनाथको मन्दिर निर्माण गरिने भएको छ । कुल २ लाख डलर लागत अनुमान रहेको उक्त मन्दिरको आगामी अप्रिल १० गते राम नवमीका दिन शिलन्यास गर्ने कार्यक्रम रहेको ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो । अध्यक्ष भट्टका अनुसार सोहि दिन ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा अध्यात्मिक केन्द्रको पनि उद्घाटन गरिने छ ।
अप्रिल १० गते बिहान ८ बजे बिशेष पूजाआजा तथा दिउसो २ बजे औपचारिक कार्यक्रमको आयोजना गरिने भएकाले कार्यक्रममा सहभागिताको लागि ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा अध्यात्मिक केन्द्रले 1251 Co Rd 138, Hutto Texas 78634 अस्टिनमा सबै नेपालीहरुमा निमन्त्रणा समेत गरेको छ ।
टेक्सासको राजधानी अस्टिनमा रहेका नेपालीहरुमा एकता तथा भाइचाराको सम्बन्ध बिकास गर्ने उद्देश्यले सन २०१३ मा ग्रेटर अस्टिन नेपाली समाजको स्थापना गरिएको थियो । केन्द्रको हाल आफ्नै नाममा जग्गा तथा भवन रहेको छ ।

Leave A Reply

Your email address will not be published.