सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले होली पर्ब धुमधामका साथ मनाउने

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले यस बर्षको होली पर्ब बिभिन्न कार्यक्रमका साथ मनाउने भएको छ । सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट हाल अमेरिकामा बसोबास गर्दै आएका सुदूरपश्चिमेलीहरु एकै ठाउँमा जम्मा भएर होली पर्ब मनाउन लागिएको समाजका अध्यक्ष रामबहादुर देउवाले जानकारी दिनु भयो ।

यहि मार्च १९ , २०२२ दिउसो १२ बजे देखि ५ बजे सम्म न्यूयोर्कको कोरोना पार्कमा रँग खेल्नुका साथै शुभकामना आदान प्रदान, सुदूरपश्चिमको प्रसिद्ध होली खेल तथा डेउडा कार्यक्रमको आयोजना गरिने समाजले जनाएको छ । समाजले कार्यक्रममा उपस्थितीको लागि समस्त सुदूरपश्चिमेली दाजुभाई तथा दिदीबहिनीहरुमा निमन्त्रण समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.