घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
यस बर्षको होली पर्ब अमेरिकामा रहेका नेपाली समुदायले धुमधामका साथ मनाउने भएका छन । बिगतका बर्षमा कोरोनाको प्रभावका कारण घरमा बस्न बाध्य नेपाली समुदायहरु कोरोनाको प्रभाव घट्न थालेपछि बिस्तारै सामाजिक क्षेत्रमा सकृय हुन थालेका हुन । नेपालमा आउँदो शुक्रबार होली पर्ब मनाउने भएपनि अमेरिकामा उक्त दिनमा सार्बजनिक बिदा नहुने भएकाले शनिबार र आईतबार मनाउन लागिएको आयोजकहरुले बताएका छन ।
यसै सन्दर्भमा टेक्सासमा रहेको नेपाली समुदायको ठूलो सँस्था नेपाली समाज टेक्सासले ग्रेपभाइन लेक – trawick pravilion grapevine Texas 76051 मा आईतबार मार्च २० मा होली मनाउने भएको छ । नेपाली समाज टेक्सासका मिडिया सँयोजक पुण्य पाण्डेका अनुसार उक्त दिनमा इन्द्रेणी साँस्कृतिक समूहसँग मिलेर होली कार्यक्रम तथा डि.एफ.डब्लु स्पोर्टस क्लबसँग मिलेर मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजना हुने छ ।
इन्द्रेणी साँस्कृतिक समूहसँग मिलेर आयोजना गर्न लागिएको होली कार्यक्रम बिशेष गरि मनोरन्जनात्मक हुने छ । होली कार्यक्रममा एक आपसमा रँग खेलेर शुभकामना आदान प्रदान गर्नुका साथै प्रस्तुत हुने मनोरन्जनमूलक कार्यक्रममा सहभागि भएर बालबालिका देखि बृद्धसम्म रमाउने छन । होली कार्यक्रममा सपरिवार सहभागि हुनका लागि नेपाली समाज टेक्सासले नेपाली समुदायमा अनुरोध गरेको छ । अमेरिकामा जन्मेका र यतै हुर्किका पुस्ताहरु नेपाली भाषा, कला सँस्कृतिबाट टाढा रहेकाले उनीहरुलाई नेपाल र नेपाली सँस्कृति प्रति नजिक ल्याउनका लागि चाडपर्ब मनाउनु पर्ने आबश्यकता रहेको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले बताउनु हुन्छ ।
इन्द्रेणी संस्कृतिक समाजका अध्यक्ष नेत्र पाण्डेले नेपाली धर्म, कला सँस्कृतिलाई जोगाई राख्न र नयाँ पुस्तालाई परिचित गराउनका लागि सपरिवार कार्यक्रम सहभागि हुन अनुरोध गर्नु भएको छ ।
नेपस्टार क्लब अफ डि.एफ. डब्ल्यु सँग मिलेर 1212 Kynette Dr Euless TX 76040 मा आायोजना गरिने मैत्रीपूर्ण भलिवल खेलमा ६ वटा भलिवल समूहको सहभागिता हुने खेलकुद सँयोजक बिजय भुसालले जानकारी दिनु भएको छ ।
रँगसँगै भलिवल भन्ने नाराका साथ आयोजना गरिन लागेको भलिवल प्रतियोगितामा प्रथम हुनेलाई १ हजार डलर नगद सहित प्रशँसा पत्र र मायाको चिनो, दोश्रो हुने समूहलाई ५ सय डलर नगद र तेश्रो हुने समूहलाई २ सय ५० डलर नगद प्रदान गरिने छ । यसै गरि प्रतियोगितामा सहभागि हुने समूहले मार्च १८ सम्ममा रु २ सय डलर सहित समूह दर्ता गराउन सकिने खेलकुद सँयोजक भुसालले बताउनु भयो ।