नेपाली दूतावास अमेरिकाद्वारा अस्टिनका नेपाली समुदायसँग अन्तरक्रिया

घण्टेश्वर अनलाइन
अस्टिन, टेक्सास
अमेरिकास्थित नेपाली दूतावासले टेक्सासको अस्टिनमा बसोबास गर्ने नेपाली डायस्पोरा समुदायसँग आइतबार अन्तरक्रिया गरेको छ । विदेशमा रहेका नेपाली समुदायका समस्या, गुनासा तथा सरोकार प्रत्यक्ष रूपमा सुन्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उद्देश्यले दूतावासले समुदायस्तरमा पुगेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
ग्रेटर अस्टिन नेपाली समाज को आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली दूतावास वासिङ्टन डीसी तथा नेपाली महावाणिज्यदूतावास ड्यालसबाट प्रदान गरिने सेवा, वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता, नेपालमा डायस्पोरा लगानीका अवसर तथा लगानीका क्रममा देखिएका समस्या, प्रवासमा नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाली दूतावास वासिङ्टन डीसीका कार्यबहाक राजदूत शरदराज आरन र ड्यालसस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारीले नेपाल सरकारका प्राथमिकताहरु, नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै सहभागीहरूले उठाएका विभिन्न प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभएको थियो।
ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष पदम ठकुराठीको अध्यक्षता तथा महासचिव सूर्य कार्कीको सञ्चालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नैपाली महाबाणिज्य दूताबास डालसका उपमहावाणिज्यदूत धनकुमारी जोशी, कन्सुलर तथा प्रवक्ता प्रवीण भट्टराई र नेपाली दूतावासका रक्षा तथा सैनिक सहचारी ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकालको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा ग्रैटर अस्टिन नेपाली समाजका महिला उपाध्यक्ष सपना राउतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समाजका प्रमुख देवराज न्यौपानेले कार्यक्रमको उद्देश्य र नेपाली समुदायको भूमिकाबारे धारणा राख्नुभएको थियो।
उक्त अवसरमा अस्टिनका सकृय नेपाली समुदायका बिभिन्न सामाजिक संस्थाहरु तथा डायस्पोरा समुदायले नेपालको भोटेकोशी बाढी पिडितहरुको सहयोगार्थ संकलन गरिएकौ अमेरिकी डलर ३० हजार पाँच सय चार रकमको चेक कार्यबहाक राजदूत शरदराज आरन र नैपाली महाबाणिज्यदूत सुरेश अधिकारीलाइृ हस्तान्तरण गरिएको थियो ,

नेपाली नागरिकताको निरन्तरताको माग गर्दै ज्ञापनपत्र
उक्त अवसरमा ग्रेटर अस्टिन नेपाली चेम्बर अफ कमर्सले विदेशमा रहेका नेपाली वंशजहरूको नागरिकताको निरन्तरता सुनिश्चित गर्न माग गर्दै कार्यवाहक राजदूत शरदराज आरनमार्फत नेपाल सरकारसमक्ष एक ज्ञापनपत्र हस्तान्तरण गरेको थियो ।
‘एकपटकको नेपाली, सदाको नेपाली’ भन्ने नारासहित बुझाइएको ज्ञापनपत्रमा विदेशमा रहेका नेपाली मूलका नागरिकहरूको पहिचान, पुख्र्यौली अधिकार र मातृभूमिसँगको सम्बन्धलाई निरन्तरता दिन आवश्यक कानुनी व्यवस्था गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा विदेशमा रहेका ८० लाखभन्दा बढी नेपाली मूलका नागरिकहरूको भावना र सरोकारलाई सम्बोधन गर्दै आगामी संघीय संसद्को अधिवेशनबाट आवश्यक कानुनी व्यवस्था पारित गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत आरनले यसलाई सम्बन्धित निकाय तथा नेपाल सरकारसमक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
तीन सामाजिक संस्थालाई सम्मान
कार्यक्रममा ग्रेटर अस्टिन नेपाली मण्डल , अस्टिन नेवा पुचः र सेवा इन्टरनेसनल अस्टिनलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा सभापति एवं ग्यान्सका अध्यक्ष पदम ठकुराठीले प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथि, संघसंस्थाका प्रतिनिधि तथा सहभागी सबैप्रति आभार व्यक्त गर्दै समापन मन्तव्य राख्नुभएको थियो।

 

 

Leave A Reply

Your email address will not be published.