अमेरिकाको वासिङ्गटन डिसीमा नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी जून महिनाको २३ देखि २६ सम्म आयोजना गरिने भएको छ । वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने यो महोत्सब पाँचौं सँस्करण हो । मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि हरेक बर्ष महोत्सब आयोजना गर्दै आएको छ । उक्त पाँचौ सँस्करणको ंअन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ आयोजकले जनाएका छन ।
उक्त महोत्सबमा नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु उच्च प्राथमिकतामा पर्ने बताईएको छ । महोत्सबमा नेपालका छोटा चलचित्र, वृत्तचित्र , एनिमेशन तथा फिचर फिल्मका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन ।अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले चलचित्र महोत्सवसमा सहभागिताको लागि आवेदन परेकाहरु मध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिहरुलाई विभिन्न विधाका ‘अवार्ड’हरुद्धारा पुरस्कृत पनि गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन् । महोत्सवमा चलचित्र प्रदर्शनपछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रमपनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.