प्रवासी नेपाली मञ्च टेक्ससमा नयाँ नेतृत्व

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटीमा नयाँ नेतृत्व चयन गरिएको छ । मन्चको आईतबार सम्पन्न अधिबेशनले लक्ष्मण घिमिरेको अध्यक्षतामा नयाँ राज्य कमिटी चयन गरेको हो ।
अधिबेशनबाट निर्बाचित पदाधिकारीहरुमा उपाध्यक्ष किरण पौड्याल, सचिव राजु नेपाल, सह सचिव सब्दिता प्याकुरेल रहनु भएको छ । यसै गरि सदस्यहरुमा क्रमस : पवन अर्याल, गोपाल प्याकुरेल, कृष्ण भट्टराई, राजेश अधिकारी, मधुसुदन ज्ञवाली, मनोज धिताल र नुरनाथ सुबेदी निर्बाचित हुनु भएको मन्चले जनाएको छ ।
मन्चका कार्यबहाक अध्यक्ष चन्द्रमणि पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त अधिबेशन सम्पन्न भएको थियो । मन्चको केन्द्रीय निर्देशन अनुसार सबै राज्यमा अधिबेशनहरु सम्पन्न भईरहेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.