जोरायलमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न

घण्टेश्वर अनलाईन, जोरायल
जोरायलका युवाहरुद्धारा आयोजना गरिएको सरसफाइ तथा बृक्षारोपण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
जोरायल गाउँपालिका वडा नं. ३ स्थित युनिक युथ स्पोर्ट्स क्लब जोरायलको आयोजनामा भएको ऊक्त कार्यक्रममा सार्बजनिक स्थानको सरसफाई तथा बृक्षारोपण गरिएको थियो ।
उक्त क्लबका अध्यक्ष पवनकुमार शाहुका अनुसार सरसफाई सम्बन्धि जनचेतना सहित सार्वजनिक स्थलहरु पार्क, मन्दिर, कार्यालय, बिधालय ,सडक आदि ठाँउहरुमा बृक्षारोपण तथा सरसफाई गरिएको छ । उक्त अभियानलाई निरन्तरता दिईने क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष पवनकुमार शाहुको अध्यक्षतामा भएको ऊक्त कार्यत्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा , ३ न वडाका अध्यक्ष दिनेशकुमार मल्ल, ४ न वडाका अध्यक्ष नन्दराज भट्ट लगायत सुरक्षाकर्मी र क्लबका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।
उक्त अबसरमा ऐतिहासिक स्थल भिम छेदन शिला चन्कट्टे र घण्टेश्वर मन्दिर रावतकट्टेमा होडिङ बोर्ड राखिएको थियो ।

Leave A Reply

Your email address will not be published.