घण्टेश्वर अनलाईन
धनगढी
सुदूरपश्चिमका चर्चित तथा बरिष्ठ डेउडा गायक ध्जव महराको स्वरमा रहेको डेउडा गीत “मन होईजा सितल” को म्यूजिक भिडियो ध्वज महरा युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।
कर्ण बोगटीको शब्द रचनामा रहेको उक्त गीतमा बरिष्ठ कलाकार गायक ध्वज महरा र चर्चित डेउडा गायिका लक्ष्मी नेपालीको स्वर रहेको छ । २४ मार्चमा युट्युव मार्फत सार्बजनिक भएको उक्त गीत दुई दिनको अबधिमा १८ हजार बढीले हेरेका छन ।
रमेश बिजुली बिसीको निर्देशनमा उत्पादन गरिएको उक्त म्यूजिक भिडियोमा रेश बिसी र मनिषा रावलले अभिनय गरेका छन ।
डोटीको पूर्बिचौकी गाउँ पालिका घर भएका महरा सुदूरपश्चिमका पुराना डेउडा गायकको हुन् । उनले गैजा डोटी गैजा बोलको गीतको डेउडा गीत लगायत दर्जनौं डेउडा गीतमा स्वर दिई सकेका छन । उनको स्वरमा रहेको गैजा डोटी गैजा बोलको गीतको म्यूजिक भिडियो १ करोड बढीले हेरेको चर्चित गीत हो । बरिष्ठ कलाकार महराको चर्चित डेउडा गीतहरु युट्युब अर्थात Dhoj Mahara YouTube channel मा गएर हेर्न र सुन्न सकिन्छ ।