डोटीको घण्टेश्वरमा डोटेली साँस्कृतिक सँग्रहालय स्थापना

कबिराम डाँगी, गैरा
डोटीको जोरायल गाउँपालिका वडा नं. १ गैरामा डोटेली साँस्कृतिक सँग्रहालय स्थापना गरिएको छ ।
डिभिजन वन कार्यालय डोटी तथा तेले लेक सँरक्षण समिति डोटीको आर्थिक तथा प्राबिधिक सहयोगमा रानी वन सामुदायिक वन उपभोक्ता समितिद्धारा उक्त सँग्रहालय स्थापना गरिएको समितिका अध्यक्ष भास्कर भट्टले जानकारी दिनुभयो ।
उक्त सँग्रहालय स्थापना गर्न डिभिजन वन कार्यालय डोटी तथा तेले लेक सँरक्षण समिति डोटीको रु. ४ लाख आर्थिक सहयोग र रानी वन सामुदायिक वन उपभोक्ता समितिको ४० हजार गरि कुल ४ लाख ४० हजार खर्च गरिएको सामुदायिक वनले जानकारी दिएकोछ ।
उक्त डोटेली साँस्कृतिक सँग्रहालयमा डोटेली सँस्कति झल्किने परम्परागत गर गहना, पोशाक, भाँडाकुँडा, हात हतियार, घरायसी सामग्रीहरु राखिएका छन ।
उक्त सँग्रहालयको जिल्ला स्तरीय सरोकारवालाहरुको एक समूहले गत असार ३१ गते स्थलगत अनुगमन तथा उद्घाटन गरिएको छ । रानी वन सामुदायिक वनका अध्यक्ष भास्कर भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले सँग्रहालयको उद्घाटन गर्नु भएको थियो । उक्त अनुगमन टोलीमा डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन अधिकृत शम्भुप्रसाद तिवारी, सुरक्षा निकायका प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।

No description available.

Leave A Reply

Your email address will not be published.