घण्टेश्वर अनलाईन, जोरायल
युनिक युथ स्पोर्ट्स क्लब जोरायलद्धारा आयोजना गरिएको जोरायल गाउँपालिका अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता –२०७८ मा वडा नं. ५ गड्सेराले प्रथम स्थान हासिल गरेको छ । लिगकम नकआउट चरणमा खेलाइएको उक्त खेल प्रतियोगितामा वडा नं. ३ ले दोश्रो स्थान, वडा नं. ६ ले तेश्रो स्थान प्राप्त गरेका थिए भने वडा नं. ४ ले चौथो स्थान हासिल गरेको युनिक युथ स्पोर्ट्स क्लब जोरायलका अध्यक्ष पवनकुमार शाहुले जानकारी दिनु भयो ।
जोरायल गाउँपालिका वडा नं. ३ रावतकट्टकोे खेलमैदानमा गत २०७८ कार्तिक १५ देखि १७ गतेसम्म सन्चालन गरिएको उक्त प्रतियोगितामा ६ वटा पुरुष भलिवल समूहको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा विजयी खेलाडी समूहलाई बुधवार आयोजना गरिएको समापन समारोहमा पुरुस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो । समापन समारोहमा प्रथम हुने वडा नं. ५ खेलाडी समूहलाई नगद २५ हजार, ट्रफी ,मेडल र प्रमाणपत्र, दोस्रो हुने वडा नं. ३ खेलाडी समूहलाई नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र , तृतीय हुने वडा नं. ६ खेलाडी समूहलाई नगद १० हजार, ट्रफी,मेडल र प्रमाणपत्र साथै (सान्त्वना) चतुर्थ हुने वडा नंं ४ खेलाडी समूहलाई ५ हजार र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी ५ न: वडाका रुपेश बिष्ट भएका छन ।
बिजयी खेलाडी तथा खेलाडी समूहलाई प्रमुख अतिथी गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, बिशिष्ट अतिथीहरु डोटीका प्रमुख जिल्ला अधिकारी शँकरबहादुर बिष्ट र जोरायल गाउँपालिकाका उपाध्यक्ष जमूना बोहराले पुरुस्कार तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
युनिक युथ स्पोर्ट्स क्लब जोरायलद्धारा हरेक बर्ष आयोजना गरिने उक्त प्रतियोगिता अन्तरगत यसबर्ष जोरायल गाउँपालिका मुख्य प्रायोजक तथा मालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सन्चालक बिर बहादुर दर्लामी , लबिना हार्डवेयर एण्ड सप्लायर्सका सन्चालक लेखराज ओझा, शंकर एण्ड ताक्ला कन्स्ट्रक्सनका सन्चालक ताक्ला लामा र शंकर रावल , समैजी स्टुडियो एण्ड स्टेशनरीका संचालक हरिहर शाहु , सनराइज होटेल एण्ड लज , बिष्ट आर्टका संचालक टेक बिस्ट सह प्रायोजक रहेको क्लबका अध्यक्ष पवनकुमार शाहुले जानकारी दिनु भयो ।