लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

लोकबहादुर थापाको अध्यक्षतामा सँचालक समिति गठन

घण्टेश्वर अनलाईन, जोरायल
डोटी जिल्लाकै उत्कृष्ट सहकारी सँस्थाको रुपमा स्थापित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्थाको १५ औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै बिहिवार सम्पन्न भएको छ । वार्षिक साधारण सभाले पुन लोकबहादुर थापालाई अध्यक्षमा चयन गर्दै सर्बसम्मत रुपमा सँचालक समिति चयन गरेको सहकारी सँस्थाले जनाएको छ ।
सहकारी सँँस्थाको नयाँ सँचालक समितिमा गोमतिदेबी बोहरा उपाध्यक्ष, चित्रराज भट्ट सचिब, नविन ओझा कोषाध्यक्ष चयन भएका छन । यसैगरि सदस्यहरुमा क्रमस : रतनबहादुर बोहरा, ताराप्रसाद भट्ट, ठगनीकुमारी बिक, निर्मला अवस्थी भट्ट र मोहन शाहु सहनु भएको छ ।
साधारण सभाले डम्बरबहादुर साउँद सँयोजक रहेको लेखा समिति पनि चयन गरेको छ । लेखा समितिको सदस्यहरुमा मिनराज ओझा, पुष्पा वोहरा रहेका छन ।
दुई दिन सम्म चलेकोवार्षिक साधारण सभामा सँचालक समितिद्धारा प्रस्तुत गरिएका बिभिन्न ११ वटा विषयमा छलफल गरिएको थियो । साधारणसभाको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट ५ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा उत्कृष्ट साधारण वचतकर्ता भजनीदेवी कपड्याल, उत्कृष्ट शेयर पुजीकता, हर्कबहादुर मल्ल, उत्कृष्ट कर्जा सदुपयोगकर्ता लालबहादुर मडै र भागरथीदेवी कठायत,उत्कृष्ट नियमित कारोबार गर्ने विष्णी सार्की रहेको सहकारी सँस्थाका प्रमुख कार्यकारी अधिकृत ठक्कर कठायतले जानकारी दिनु भयो । सहकारी सँस्थाले हाल आफ्नो सेवा क्षेत्रमा करिब २० करोड बराबरको कारोवार गर्दै आईरहेको छ ।
वि.सं. २०६४ सालमा स्थापित उक्त सहकारीको केन्द्रिय कार्यालय जोरायल गाउँपालिका वडा नम्बर ४ सिलङ्गीबागमा रहेको छ । उक्त सहकारी सँस्थाको जोरायल गाउँपालिका वडा न ४ सिलङ्गीबागमा ३ रोपनी जग्गा, ३ वटा भवन, रहेका छन । जोरायल गाउँपालिकामा कार्यक्षेत्र रहेको सो सहकारी सँस्थाले वडिकेदार गाउँपालिकामा पनि सेवा केन्द्र स्थापना गरि कार्यक्षेत्र बिस्तार गरेको छ । सो सहकारी सँस्थाले बुडरमा पनि सेवा केन्द्र स्थापना सेवा प्रदान गरिरहेको सहकारी सँस्थाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सहकारी ऐन २०७५ र सुदूरपश्चिम प्रदेश सहकारी नियमावली २०७६ अनुसार एउटै कार्य क्षेत्रमा समान प्रकृतिका सहकारी सँस्थाहरुलाई एकिकरण गर्ने अभियान अन्तरगत पिनाकेश्वर महिला वचत तथा ऋृण सहकारी सँस्था लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्थामा समाहित भएको उद्घाटन कार्यक्रममा जानकारी दिईएको थियो । वार्षिक साधारण सभाको उद्घाटन जोरायल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रसिंह ठगुन्नाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.