बँदेलको आक्रमणबाट डोटीमा एकजना घाईते

घण्टेश्वर अनलाईन
देहिमाण्डौं डोटी
डोटी जिल्लाका बिभिन्न स्थानमा फेरि जँगली जनावर बँदेलले आतँक मच्चाउन थालेको छ । डोटी आदर्श गाउँपालिकाका बिभिन्न स्थानमा बँदेलले आतँक मच्चाउन थालेपछि स्थानीय बासिन्दाहरु आतँकित बन्न थालेका छन । आज मात्रै आदर्श गाउँपालिका वडा नं. ४ हिन्नेकाँडा निवासी दानी नेपालीको १५ बर्षिय छोरा गणेश नेपालीलाई घर नजिकैको जँगलमा गाईगोरु चराईरहेको अवस्थामा बँदेलले आक्रमण गरि सख्त घाईते बनाएको स्थानीय टँक ओझा हिन्नेकाँडीले जानकारी दिनुभएको छ । घाईते नेपालीको दायाँ खुट्टा घुडा तल मासु लुछेको छ भने,दायाँ हातको दुई औला र अनुहारमा गम्भिर चोट पटक लागेको छ । हाल उनलाई स्थानीय स्वास्थ्य सँस्थामा उपचार भईरहेको छ ।

Leave A Reply

Your email address will not be published.