महासंघको स्थापना दिवसमा डोटीको पत्रकारहरुको रगत परीक्षण

घण्टेश्वर अनलाईन
दिपायल
नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसको अवसरमा शुक्रबार डोटीका पत्रकारहरुको रगत परीक्षण गरिएको छ । पत्रकारहरुको रगत परीक्षणको लागि दिपायलको राजपुर स्थित सुजङ्ग अस्पतालले सहयोग गरेको नेपाल पत्रकार महासंघ डोटी शाखाले जनाएको छ ।
नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजनामा पत्रकारहरुको रगतको समूह, सुगर, हेपाटाईटिस बि तथा एचआईभि परीक्षण गरिएको शाखाका सचिब पवन महराले बताए ।
सचिब महराका अनुसार स्थापना दिवसको अवसरमा सुजङ्ग अस्पतालमा भर्ना उपचार गराई रहेका बिरामीहरुलाई फलफूल बितरण गरिएको थियो । उक्त अवसरमा पूर्ब मन्त्री तथा काँग्रेस नेता भक्तबहादुर बलायर, नेपाली कांग्रेस डोटीका पूर्ब पार्टी सभापति प्रदीप देउवा तथा स्थानीय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.