गोरखापत्र सँस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त

न्यूनतमको अध्यक्षमा सङ्गीता खड्का

All time tax

घण्टेश्वर अनलाईन
काठमाण्डौं
गोरखापत्र संस्थानको महाप्रबन्धकमा डडेल्धुराका पत्रकार लाल ऐरी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थानको महाप्रबन्धक पदका लागि गत फागुनमा दरखास्त आह्वान भएको थियो । दरखास्त परेकामध्ये १० जना छनौटका लागि सूचीमा परेकोमा मन्त्रिपरिषदले ऐरीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
करिब २ दशक देखि पत्रकारिता क्षेत्रमा सँलग्न ऐरी कान्तिपुर टेलिभिजनका जिल्ला ब्युरो प्रमुख र नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक समेत हुन् । पत्रकारिता विषयमा एमफिल गरेका ऐरी डडेल्धुरामा पत्रकारिता पेशामा अतिरिक्त सामाजिक क्षेत्रमा कृयाशिल रहँदै आएका थिए ।
त्यस्तै श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार सङ्गीता खड्का नियुक्त भएकी छन् । उनी नेपाल पत्रकार महासङ्घकी पूर्वसचिवसमेत हुन् । प्रेस सेन्टरसँग आबद्ध रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.