घण्टेश्वर अनलाईन
दिपायल
सुदूरपश्चिमका चर्चित तथा युवा पुस्ताद्वारा रुचाईएका कलाकार चक्र बमको “कति राम्रो होली फागुनमा” बोलको होली गीत युटुब मार्फत १४ लाख बढीले हेरेका छन । होलीको पूर्ब सन्ध्यामा मार्च १८ मा युटुब मार्फत सार्बजनिक भएको होली गीत एक हप्ताको अबधिमा १४ लाख ७८ हजार ८ सय ३६ ले हेरेका हुन ।
पछिल्लो समय आधुनिकताका नाममा सुदूरपश्चिमको होलीमा मौलिकपन लोप भईरहेको बेलामा कलाकार बमको मौलिक होली गीतले एकाएक चर्चा पाएको हो ।
होली पर्ब पनि सुदूरपश्चिमको प्रमुख साँस्कृतिक पर्ब हो । सुदूरपश्चिममा होली पर्बलाई छुट्टै पहिचानका साथ मौलिक रुपमा मनाउने गरिन्छ । होली पर्बमा गाईने गीत, लय, पोशाक पनि मौलिक हुन्छ ।
सुदूरपश्चिमको होली पर्बको मौलिकता र होली पर्बको ऐतिहासिक महत्वलाई समेटर निर्माण गरिएको होली गीतको म्यूजिक भिडियो दर्शकहरुले सार्बाधिक रुचाएका हुन । कलाकार बमको होली सम्बन्धि गीत यस पटक स्वदेश तथा बिदेशमा होली कार्यक्रममा घन्किएका थिए ।
“कति राम्रो होली फागुनमा” बोलको होली गीतमा चक्र बम र लक्ष्मी रानाले स्वर दिएका छन ।