Prem

नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवस देशभर बिभिन्न कार्यक्रम गरि मनाइँदै

घण्टेश्वर अनलाईन
काठमाण्डौं
नेपाल पत्रकार महासंघ स्थापनाको ६९ बर्षमा प्रबेश गरेको छ । ६९ औं स्थापना दिवस आज महासँघ केन्द्रीय समिति, प्रदेश तथा जिल्ला शाखाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउदैछन ।
दिवसको सन्दर्भमा बिज्ञप्ती मार्फत शुभकामना व्यक्त गर्दै महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको बताएका छन ।
पत्रकार महासंघलाई विशुद्ध श्रमजीवी पत्रकारको साझा संस्था बनाउनका लागि महाँसंघको बर्तमान कार्य समितिले सदस्यता शुद्धीकरण अभियानलाई अगाडि बढाइएको, पत्रकारिताका मुद्दामाथि बहसहरु सञ्चालन गरिएको, साझेदार संस्थासंगको सहकार्यमा पत्रकार तथा यसका आम उपभोक्ताबीचमा छलफल गर्ने र पृष्ठपोषण लिने कार्यहरु नियमित रुपमा भएको, श्रमको आन्दोलनलाई अगाडी बढाइएको, संवाद, दवाव र न्यायिक लडाईमार्फत श्रमजीवि पत्रकारहरुको अधिकार सुनिश्चित गर्ने दिशामा महासंघ अनवरत रुपमा अगाडि बढीरहेको पोखरेलद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
स्थापना दिवसको अवसरमा महासंघले  पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चार माध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संंरचना, समानुपातिक विज्ञापनको कार्यान्वयन, श्रमजीवी पत्रकार कल्याण कोषमा विज्ञापनको १० प्रतिशत रकम राख्नुपर्ने कानूनी व्यवस्थाको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण समेत गराएको छ ।
डोटीमा पत्रकारहरुको रक्त परीक्षण
नेपाल पत्रकार महासंघ स्थापनाको ६९ बर्षमा प्रबेश गरेको अवसरमा डोटी जिल्लामा कार्यरत पत्रकारहरुको रक्त परीक्षण गरिने भएको छ । नेपाल पत्रकार महासँघ डोटी शाखाको आयोजनामा आज सुजङ्ग अस्पताल राजपुरमा पत्रकारहरुको रक्त परीक्षण तथा बिरामीहरुलाई फलफुल बितरण कार्यक्रम आयोजना गर्न लागिएको जिल्ला शाखा अध्यक्ष मोहन शाहीले जानकारी दिएका छन ।
डडेल्धुरामा प्रभात फेरी तथा बिकास बहस कार्यक्रम
नेपाल पत्रकार महासंघ स्थापनाको ६९ बर्षमा प्रबेश गरेको अवसरमा डडेल्धुरा जिल्लामा प्रभातफेरी तथा डडेल्धुरा जिल्लामा बिकासका सवालहरुका बिषयमा बहस कार्यक्रमको आयोजना गर्न लागिएको जिल्ला शाखा अध्यक्ष हिक्मत सिंहले जानकारी दिएका छन ।

Leave A Reply

Your email address will not be published.