क्यान्सर पीडित बोगटीलाई सहयोग रकम हस्तान्तरण

घण्टेश्वर अनलाईन
काठमाण्डौं
डोटीको जोरायलका सामाजिक अभियन्ता टेकुजङ्ग रावलले शुरु गरेको योगेन्द्र बोगटी बचाउ अभियानबाट १ लाख ५० हजार सँकलन भएको छ । मुटु क्यान्सर रोगबाट पिडित योगेन्द्र बोगटीको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन सामाजिक अभियन्ता टेकुजँग रावलले स्थानीय स्तरमा उक्त अभियान सन्चालन गरेका थिए ।
जोरायल गाउँ पालिका वडा नं ३ ठुलढुँगा स्थायी घर भई हाल गोदावरी नगरपालिका वडा नंं ४ बास्कोटा बस्दै आएका बोगटी लामो समय देखि पिडित छन । घरायसी आर्थिक अवस्था कमजोर भएको र उपचार निकै खर्चिलो भएका कारण वोगटी निकै आर्थिक समस्यामा थिए । सामाजिक अभियन्ता रावलले बिहिवार सँकलित रकम गोदावरी नगरपालिका–४ बास्कोटा स्थित घरमा गएर बोगटीलाई रकम हस्तान्तरण गरिएको जानकारी दिनु भयो ।
सामाजिक अभियन्ता रावलले बोगटीको सहयोगको लागि सामाजिक सन्जाल मार्फत आह्वान गर्नु भएको थियो । उक्त रकम स्थानीय स्तरमा र डोटी र कैलालीका बिभिन्न बिद्यार्थीहरुबाट सँकलन गरिएको बताए ।
बोगटीको स्वास्थ्य अवस्था निकै कमजोर रहेको र उपचारमा अझै आर्थिक समस्या रहेकाले सहयोग गर्नको लागि सामाजिक अभियन्ता रावलले सबैमा अनुरोध गरेका छन ।

Leave A Reply

Your email address will not be published.