नेपाली काँग्रेसले स्थानीय निर्बाचनको लागि उम्मेदवार छान्ने समय सीमा तोक्यो

All time tax

घण्टेश्वर अनलाईन
काठमाण्डौं
नेपाली कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनको लागि उम्मेदवार छनौट गरि पठाउन समय तालिका पठाएको छ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको सँयोजकत्वमा गठित ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले वडादेखि उपमहानगरपालिकासम्मका उम्मेदवार टुंग्याउने समय निर्धारण गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयले समितिका तर्फबाट टेलिफोनमार्फत जिल्लाहरूलाई पठाएको समय तालिकाअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिएको छ । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको छ । लिखित परिपत्र जिल्ला पुग्न ढिलो हुने भएपछि केन्द्रले फोनबाटै उम्मेदवारी टुंग्याउन मातहतलाई समय तालिकासहित आग्रह गर्न भनेको छ ।
कांग्रेसको विधानमा प्रदेश कार्यसमितिले गठन गर्ने संसदीय समितिले नगरपालिका र उपमहानगर प्रमुख–उपप्रमुखको, जिल्ला कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँपालिका अध्यक्ष–उपाध्यक्षको र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँ, नगर वडाअध्यक्ष तथा सदस्यको उम्मेदवारी टुंगो गर्ने व्यवस्था छ । यस्तै, केन्द्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले विधानत: स्थानीय निर्वाचनमा महानगर प्रमुख–उपप्रमुखको मात्रै टिकट दिने अधिकार छ ।
महानगर प्रमुख–उपप्रमुखको उम्मेदवारीका लागि पार्टीको महानगर कार्यसमितिले योग्यता पुगेकामध्येबाट प्रमुख र उपप्रमुख दुवैका लागि एक महिलासहित बढीमा समान तीनजनाको नाम सहमतिबाट, यदि त्यो नभए बहुमतबाट निर्णय गरी प्रदेश कार्यसमितिमा पठाउनु पर्ने काँग्रेसले भनेको छ ।

Leave A Reply

Your email address will not be published.