जिल्ला अस्पताल बाजुराले औषधि किन्दा बिरामीलाई दश प्रतिशत छुट दिने

All time tax

घण्टेश्वर अनलाईन
बाजुरा
बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालले बिरामीलाई औषधि किन्दा १० प्रतिशत छुट दिने भएको छ । जिल्ला अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष मानबहादुर कार्कीले अस्पतालले सन्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने निर्णय भएको बताउनु भयो ।
अस्पतालमा हाल ७० प्रकारका औषधिहरु नि:शुल्क पाइने गरेको छ । तर सूचि भन्दा बाहेकका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ । त्यस्तो प्रकारको छुट अस्पतालमा उपचाररत र उपचार गर्न आएका सबै बिरामीले पाउने छन ।

अस्पतालमा आएका बिरामीलाई १० प्रतिशत छुट दिँदा नागरिकहरु सरकारी अस्पतालबाट सेवा लिने सेवाग्राहीको सँख्या बृद्धि हुने अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.