तोलीका स्थानीय कृषकहरु व्यवसायिक रुपमा तरकारी खेती तर्फ आकर्षित

All time tax

कबिराम डाँगी
घण्टेश्वर, डोटी
जोरायल गाउँ पालिका वडा नंं १ तिलाचौड तोलीका स्थानीय कृषकहरु ब्यवसायिक रुपमा तरकारी खेती तर्फ आकर्षित भएका छन । कृषि ज्ञान केन्द्र डोटीको सहयोग तथा जैविक विविधता कृषि सहकारी सँस्था गैराको समन्वयमा स्थानीय कृषकहरुलाई सँगठित गरि तिलाचौड तरकारी ब्लक समन्वय समिति गठन भएपछि अहिले तिलाचौडमा व्यवसायिक रुपमा तरकारी खेती भईरहेको छ ।
पहिले तिलाचौडका स्थानीय बासिन्दाहरु सडक छेउमा बसाई सर्न थालेपछि खेतीयोग्य जमिन बाझो र प्रयोग बिहिन भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत कृषि ज्ञान केन्द्र डोटीले तरकारी खेती सम्बन्धि आबश्यक ज्ञान सीप तथा आबश्यक सहयोग गरेपछि वसाई सरेकाहरु पनि पुन : फर्केर तरकारी खेती गरिरहेको स्थानीय अगुवा कृषक खडक मल्ल बताउछन ।
अगुवा कृषक मल्लका अनुसार स्थानीय कृषकहरुले बाझो जमिनलाई प्रयोगमा ल्याएर साग, टमाटर, बन्दा, काउली सिमि, खुर्सानी, सिमला, मिर्चि जातका तरकारी खेती गरिरहेका छन । अहिले गाउँगाउँमा सडक पुगिसकेकाले उत्पादन भएको तरकारीले सजिलै बजार पाईरहेको स्थानीय कृषकहरु बताउछन ।
कृषि ज्ञान केन्द्र डोटीले स्थानीय कृषकहरुलाई कृषि यान्त्रिकरण खरिदमा ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराएको छ । आधुनिक तरिकाबाट तरकारी खेती गर्दा उत्पादन बढी र राम्रो आम्दानी हुने हुँदा कृषकहरुले परम्परागत कृषि प्रणाली बिस्थापित गर्न थालेको अर्को कृषक बिरेन्द्र मल्ल बताउछन ।
यसैक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको ब्लक बिकास कार्यक्रम डोटीको तर्फबाट तरकारी सँकलन केन्द्र पनि गरिएको छ । परियोजनाको तर्फबाट यहि चैत्र २४ गते एक कार्यक्रमको आयोजना गरि स्थानीय कृषकहरुलाई ५० प्रतिशत अनुदान सहयोगमा यान्त्रिकरणका सामग्रीहरु बितरण गरिएको छ ।
तिलाचौड तरकारी ब्लक समन्वय समितिका अध्यक्ष खडकबहादुर मल्लको अध्यक्षतामा बोल्दै प्रमुख अतिथी जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले व्यवसायिक रुपमा तरकारी खेती गर्ने स्थानीय कृषक तथा समूहलाई गाउँपालिका सहयोग गर्न तयार रहकेको बताउनु भयो ।
स्थानीय स्तरमा न्यस्न मात्रामा तरकारी उत्पादन हुँदा बाहिरी जिल्लामा उत्पादन भएका तरकारीहरु उपभोग गर्नु परिरहेको बताउदै अध्यक्ष ओझाले स्थानीय स्तरमा तरकारी उत्पादनलाई बृद्धि गरेर बाहिरी जिल्लाको तरकारी पूर्ण रुपमा बिस्थापित गर्नु पर्ने कुरामा जोड दिन भयो ।
उक्त कार्यक्रममा बोल्दै नेकपा(एमाले) पोलिटब्युरो सदस्य गौरी ओलीले स्थानीय कृषकहरुलाई हरेक निकायबाट सहयोग हुनु पर्ने बताउदै ताजा तरकारी उत्पादन गरेर आफुले पनि सेवन गर्न र बढी भएको तरकारी बिक्री बितरण गरेर आम्दानी गर्न सुझाव दिनु भयो ।
यसै गरि जोरायल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष भजनसिंह मल्लले कृषि प्रणालीलाई आधुनिकीकरण गर्न सके बढी उत्पादन गर्न सकिने भएकाले आधुनिक तरिकाबाट तरकारी खेती गरेर जोरायललाई बास्मती चामल जस्तै तरकारीबाट पनि चिनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा जोरायल गाउँपालिकाका उपाध्यक्ष जमूना बोहरा, नेकपा एमाले जिल्ला सचिब शेरबहादुर मल्ल, जोरायल गापा कृषि शाखा प्रमुख कमलापति भट्ट, सामुदायिक बिकास मन्च डोटीका कृषि प्राबिधिक गोविन्द भण्डारी, नेकपा एमाले प्रदेश सल्लाहकार सदस्य तिलक मल्ल, नेकपा एमाले जिल्ला कमिटी सदस्य सोभान ओली तथा वडा कमिटी उपाध्यक्ष् ईन्द्रा ओली लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.