उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसले पुरस्कार दिने

घण्टेश्वर अनलाईन
काठमाण्डौं
स्थानीय तह निर्बाचनको प्रयोजनको लागि उत्कृष्ट चुनावी गीत बनाउने ब्यक्तिलाई नेपाली कांग्रेसले पुरस्कार दिने भएको      छ । निर्बाचनमा पार्टीको पक्षमा माहोल बनाउनका लागि उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्न लागिएको नेपाली काँग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय प्रचार प्रसार साँस्कृतिक समन्वय उप समितिले आज शुक्रवार बक्तब्य निकालेर उक्त घोषणा गरेको हो । बक्तब्यमा जनाईए अनुसार उत्कृष्ट अडियो/भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिईने छ । उपसमितिका संयोजक डी.बी. गुरुङले प्राप्त गीतमध्ये दर्शक, स्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने बक्तब्य मार्फत जानकारी दिनु भएको छ । तयार पारिएको अडियो/भिडियोको लिङ्क कांग्रेस स्थानीय निर्वाचन प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृतिक समन्वय समितिको फेसबुक पेजमा पठाउन सकिने कांग्रेसले जनाएको छ ।

यसअघि नेकपा एमालेले पनि चुनावी प्रचारका लागि टिकटक प्रतियोगिता घोषणा गरेको छ । एमालेले उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

Leave A Reply

Your email address will not be published.