बालबालिकालाई वैशाख  ६ र ७ गते  भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

घण्टेश्वर अनलाईन
काठमाण्डौं
वैशाख महिनाको ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परिवार कल्याण महाशाखा, पोषण शाखाको तथ्याँक अनुसार भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने कार्यक्रम रहेको छ ।
भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । उनका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।
वर्षमा दुईपटक पहिलो चरणमा २ र ३ कात्तिक तथा दोस्रो चरणमा ६ र ७ वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । नजिकैको वितरण केन्द्रमा गई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समस्त अभिभावकहरुलाई आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.