छाडा गाईबस्तु व्यवस्थापन गर्न दिपायल सिलगढी नगरपालिकाले पहल थाल्यो

llc

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरभित्र देखिएका छाडा गाईको व्यवस्थापनको लागि पहिलो पटक पहल थालेको छ ।
छाडा गाईले अन्न तथा तरकारी बाली नास गरेको, सडक दुर्घटनाको जोखिम बढाएको र फोहर व्यवस्थापनमा समेत समस्या परेको भन्दै गुनासो आएपछि नगरपालिकाले छाडा गाईबस्तुको व्यवस्थापन थालिएको नगरपालिकाले जनाएको छ ।
नगरका बिभिन्न क्षेत्रमा रहेका छाडा गाईवस्तु व्यवस्थापन गर्न सायल गाउँपालिका वडा नंं ६ गोलदेउलामा सञ्चालित गोलेदेउला भवानी गौशालासँग गत बिहीबार नगरपालिकाले सम्झौता समेत गरिसकेको नगर प्रमुखका निजी सचिब नरेश खड्काले जानकारी दिनु भयो । चालु आ.ब.ं मा गौशाला व्यवस्थापनका लागि नगरपालिकाले नगर सभाबाट २ लाख समेत बिनियोजन गरेको थियो ।
छाडा गाई बस्तु ब्यवस्थापनका लागि गौसालालाई नगरपालिकाले २ लाख उपलब्ध गराएको र व्यवस्थापन कार्य प्रभावकारी देखिएमा सहयोगलाई निरन्तरता दिन सकिन्छ , निजी सचिब खड्काले बताउनु भयो ।
नगरपालिकासँग भएको सम्झौता अनुसार गौशालाले नगरका पिपल्ला, दिपायल, राजपुर, एयरपोर्ट लगायत आसपासका क्षेत्रबाट ५८ वटा गाईबस्तु सँकलन गरेर शुक्रबार गौशालामा लगिसकेको सन्चालक नरेन्द्र बिकले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.